शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आर्थिक वर्षको अन्त्यमा भुक्तानीमा चाप

आर्थिक वर्षको अन्त्यमा भुक्तानीमा चाप

नागरिक पाटी

२२, आषाढ २०७८
  • 7.0K
    SHARES
  • आर्थिक वर्षको अन्त्यमा भुक्तानीमा चाप

    चालू आर्थिक वर्ष अन्तिम हुन लाग्दा विगतमा जस्तै यसपालि पनि सरकारलाई भुक्तानीमा चाप देखिएको छ । असार लागेयता दैनिक १० अर्बको हाराहारीसम्म खर्च हुँदा भुक्तानीमा चाप देखिएको अधिकारीहरूले बताएका छन् । सरकारी आयव्ययको अभिलेख राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार असार १ मा मात्रै सरकारले कुल बजेट रू १ अर्ब ५३ करोड १५ लाख खर्च गरेकोमा दैनिक खर्चको सीमा बढेर असार २० मा मात्रै अर्थात् एकै दिन रू। ९ अर्ब ४८ करोड ६७ लाख सरकारी कोषबाट खर्च भएको देखिन्छ ।

    images
    images


    आइतवारसम्ममा कुल बजेट ७० प्रतिशत खर्च भएको छ । चालूतर्फ ८२ दशमलव ९८ भएको छ तर विकास अर्थात् पूँजीगततर्फ छुट्ट्याइएको बजेट भने ५० प्रतिशत पनि खर्च भएको देखिँदैन । अहिलेसम्म पूँजीगततर्फ विनियोजनको ४६ दशमलव ९८ प्रतिशत मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ । आजको आर्थिक अभियान दैनिकबाट

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २२, २०७८ मंगलवार - ०७:२२:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology