शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विद्यालयको विकासमा समाजसेवी जगत लामााको आर्थिक सहयोग

विद्यालयको विकासमा समाजसेवी जगत लामााको आर्थिक सहयोग

नागरिक पाटी

२८, कार्तिक २०७८
  • 5.6K
    SHARES
  • विद्यालयको विकासमा समाजसेवी जगत लामााको आर्थिक सहयोग

    नुवाकोटका पिछडिएका गाउँवस्तीमा गुणस्तरिय शिक्षा र स्वास्थ्य सेवाको पहुँच पु¥याउन विगत लामो समयदेखि सहयोग अभियान सञ्चालन गर्दै आउनुभएका समाजसेवी जगत बहादुर गुरुङ जगत लामा ले बेलकोटगढी नगरपालिकास्थित मदानपुरको एक विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का नेता तथा २०७४ सालको स्थानिय तहको निर्वाचनमा बेलकोटगढी नगरपालिकाका मेयरका प्रत्यासी समेत रहनुभएका समाजसेवी गुरुङले मदानपुरको चन्दादेवी माध्यामिक विद्यालयलाई शुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रम समारोहकाबीच एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो ।

    images
    images

    आर्थिक श्रोत साधन तथा भौतिक संरचनाको अभावजस्ता समस्यामा वर्षौँदेखि गुज्रिरहेको बेलकोटगढी नगरपालिका वडा नं. १२ मा अवस्थित चन्दादेवी माध्यामिक विद्यालयको गुणस्तरिय शिक्षा सञ्चालनको लागि उक्त सहयोग रकम हस्तान्तरण गर्दै नेता एवं समाजसेवी गुरुङले थोरै मात्रै भएपनि विद्यालय र विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तरउन्नतिका लागि आफुले योगदान गर्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरेको बताउनुभयो । सो अवसरमा नेकपा ९माओवादी केन्द्र० नुवाकोटका नेता नविन पुडासैनी, बेलकोटगढी नगरपालिकाका उपमेयर कविता ढुंगाना, सोही विद्यालयका प्रद्यानाध्यापक हरिशरण पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष धन बहादुर तामाङ, योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) बेलकोटगढीका संयोजक अमर तामाङ लगायतले समाजसेवी गुरुङको योगदानले शिक्षा, स्वास्थ्य लगायत सामाजीक क्षेत्रमा ठूलो मद्दत पुगेको चर्चा गर्नुभयो ।

    निर्वाचन जितेर गएकाहरुले जनताले तिरेको करबाट प्राप्त बजेट पनि जनताकै हित र समाजको विकासमा न्यायपुर्ण ढंगले वितरण नगरिरहेको तर, गएको स्थानिय निर्वाचनमा बेलकोटगढी नगरपालिकाको मेयर पदमा हारेर पनि व्यक्तिगत पहलमा सामाजीक काममा खटिएकोमा नेता गुरुङको उहाँहरुले खुलेर प्रशंसा गरेका थिए ।

    करिब तीन सय विद्यार्थीहरु अध्ययनरत मदानपुरको चन्दादेवी माध्यामिक विद्यालय वर्षौँदेखि अभिभावक लगायत सहयोगीहरुले दिएको चन्दाकै भरमा सञ्चालन हुँदै आइरहेको शैक्षिक संस्था हो ।

    यसका साथै केही दिनअघि दिपावलीको समयमा बेलकोटगढी नगरपालिकाकै वडा नं. ९ बाघखोर सिउरेनीस्थित एक विद्यालय सञ्चालनको लागि एक लाख रकम सहित अभिभावकहरुलाई नेता गुरुङले खाद्यान्न सहयोग गर्नुभएको थियो । विद्यार्थी अभावको कारण देखाएर खारेजीमा परेको उज्वल तारा आधारभूत विद्यालय स्थापना गरी सञ्चालनको लागि उक्त रकम सहयोग गर्नुभएको हो भने बालबालिका विद्यालय पठाई पठनपाठन गराउन प्रोत्साहनस्वरुप विद्यालयमा अध्ययनरत विद्यार्थीका करिब एकसय अभिभावकहरुलाई एक/एक बोरा चामल, प्रतिव्यक्ति पाँच केजी दाल र एक÷एक लिटर तेल सहयोग गर्नुभएको थियो ।

    समाजसेवी एवं नेता गुरुङले हालै मात्र बेलकोटगढी वडा नं. ६ का एकसय ८० वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्नुभएको छ । गौलिङ्गेश्वर माध्यामिक विद्यालयमा एक कार्यक्रम आयोजना गरी गुरुङले उक्त वडामा सामाजीक सुरक्षा भत्ता लिइरहेका ठूलो संख्यामा रहेका वृद्धवृद्धाहरुलाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण गर्नुभएको हो ।

    दर्जनौँ विद्यालय, स्वास्थ्य क्षेत्र, सामाजीक संघ संस्था र समुदायका निम्न स्तरका नागरिकहरुलाई आर्थिक तथा अन्य भौतिक सहयोग गर्दै आउनुभएका नेता एवं समाजसेवी गुरुङले समाजप्रति आफ्नो व्यक्तिगत योगदानसँगै समाजमा मानवियताको भावनालाई जागरुक गराउन ठूलो भूमिका खेलेको नुवाकोट जिल्लाका आम नागरिकहरुमा गहिरो विश्वास स्थापित भएको पाइन्छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २८, २०७८ आइतवार - १८:४८:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology