धादिङको गल्छि गाउँपालिका वडा नम्बर ६ मा रहेको हाइवे बचत तथा ऋण सहकारी सँस्थाको १५ औँ वार्षिक साधारण सभा कार्यक्रम भएको छ । कार्यक्रममा विभिन्न प्रतिवेदनहरु प्रस्तुत भएका छन् । साधारण सभा मार्फत वार्षिक प्रगती प्रतिवेदन, वित्तिय स्थिती विवरण, नाफा नोक्सान तथा नगद प्रवाह विवरण लगायतको बारेमा सहभागीलाई जानकारी गराईएको छ ।
यस्तै कार्यक्रममा जेष्ठ सदस्य, उत्कृष्ट बाल बचत सदस्य, बचत तथा क्रृणको आधारमा उत्कृष्ट कारोबार, उत्कृट शेयर कारोबार र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ । यस्तै कार्यक्रममा सहभागी अतिथी तथा अन्य व्यक्तित्वहरुलाई मायाको चिनो पनि प्रदान गरिएको छ ।

सहकारीका अध्यक्ष उमा सिँखडा नेपालको अध्यक्षतामा शनिबार भएको कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी सँघका उपाध्यक्ष शान्ती अधिकारीको प्रमुख आतित्थ्यता रहेको थियो । यस्तै कार्यक्रममा गल्छि गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिना, विभिन्न वडा का वडा अध्यक्षहरु, बागमती प्रदेश सहकारी सँघका लेखा सँयोजक नेत्रराज पौडेल लगायतको आतित्थ्यता रहेको थियो ।