आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

विश्वास

विश्वास

नागरिक पाटी

१, फाल्गुण २०७८
  • 8.0K
    SHARES
  • विश्वास

    - प्रभात न्यौपाने

    images

    अस्ति थानकोटबाट रत्नपार्कको लागि बसमा यात्रा गरिरहेको थिएँ । वास्तवमा म प्रेमीका भेट्न काठमाडौं ग‌एको मान्छे । हाम्रो रत्नपार्कमा भेट भ‌एर पशुपतिनाथ र स्वयम्भू मन्दिर घुम्दै चोभार जाने प्लान थियो । म अनलाइनमै थिए उनले म्यासेज गरिन् ।
    ' साने कहाँ पुग्नु भयो?'
    ' प्रहरि बिट कट्यो'
    ' तिमी?'
    ' म भर्खर गाडी चढेको'
    मेरो ध्यान मोबाइलमै भएकाले होला गाडिमा चढ्ने र ओर्लनेहरू प्रति खासै ध्यान थिएन । आँखामा पावरवाला चस्मा थियो। माक्स त काठमाडौँमा अनिवार्य नै छ। निलो जिन्सको पाईन्ट 👖 हरियो ज्याकेट , निलै जुत्ता र कालो टोपी लगाएको थिएँ। काठमाडौँमा मलाई चिन्ने मेरो आफन्त बाहेक कोहि थिएन न मैले कसैलाई चिन्दथे , हाम्रो पहिलो भेट थियो मास्क लगाएको थिएँ उनले पनि चिन्न सक्दिनथिन सायद्।
    म गाडीको देब्रे तिरको दोस्रो सिटमा थिए छेउमा एउटी युवती थिइन् । अफिस हिडेकी रहिछन्। कहाँ? सोधे- नेपाल टेलिकम । सामान्य परिचयात्मक कुराकानी भयो हाम्रो ।
    हाम्रो सिट भन्दा पछाडीको सिटमा पनि दुई जना युवतीहरु थिए । गाडीमा बसेदेखि नै बरबराइरहेका थिए , केहि कुराहरु मेरा कानसम्म पनि ठोकिन्थे।
    बोल्दै गर्दा एउटीले सोधी
    - 'सन्ध्या यो केटा कस्तो छ?'
    सायद मोबाइलमा कसैको फोटो देखाएकी थिइ उस्ले ।
    - ' अं.... हेन्डसम छ , को हो? '
    मेरो ध्यान उनिहरुको कुराकानीमा केन्द्रित भयो।
    - भेट्न आएको छ के ; उसले थपी ।
    - ' ए तं रत्नपार्क हिड्या उसैलाई भेट्न! '
    - उम
    मलाई कौतुहलता जागेर आयो उनिहरुको कुरा ध्यान दिएर सुन्न थाले। आखिर म पनि कसैलाई भेट्न रत्नपार्क जादै थिए ।
    - ल बधाई छ नक्कली फोटो खिचेस् है उसंग । सन्ध्याले जिस्काउदै भनि।
    - ओके
    - कहाँबाट आएको उ ?
    - पश्चिम कपिलवस्तु
    म अचम्मै परेँ। अब भने म ठुक्क भए , जसलाई भेट्न रत्नपार्क जादै थिए उ पनि म सवार गाडी मै रहिछ ।
    एकमनले सिट पछाडी शिर घुमाएर हेलो भनौ लागिरहेको थियो । तर छिनमै मन परिवर्तन भयो । उनिहरूको कुराकानी चाख मानेर सुन्न मन लाग्यो।
    - मान्छे त हिरो नै भेटिछस त , के गर्दै छ? सन्ध्याले राधालाई सोधी ।
    अं साच्ची उसको नाम चाहिँ राधा थियो ।, मैले मायाले राधा पियारी भनेर बोलाउने गर्थे ।
    - गाउँमा छ अरे घर, खासै केहि गर्दैन पहिले मिडियामा काम गर्थ्यो रे, अहिले केही गर्दैन घरमै बसेको छु भन्थ्यो........। बसले हर्न बजायो आवाज अबरुद्ध भो केहि सुनिन ।
    - 'केहि पनि गर्दैन !' सन्ध्याले सोधी।
    - ' नाई ' उसको प्रोफाइल हेर न कति राम्रो लेख्छ, राइटर हो । राधाले सन्ध्यालाई मख्ख पार्न खोजि ।
    केहि समय मेरो प्रोफाइल खोलेर मेरा स्टाटस र गजलहरू पढ्न थाले उनीहरु ।
    काठमाडौं जस्तो ठाउँ जोर बिजोर प्रणालीमा सवारी चल्दा पनि ट्राफिक जाम भैरहेको थियो । त्यतिबेला सम्म हामी कलङ्की पुगिसकेका रहेछौँ ।

    खलासी भाईले चिच्याई रहेका थिए - सोल्टीमोड, कालिमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क ।

    - पढाई त राम्रै रैछ जस्तो छ । सन्ध्याले सम्भावना व्यक्त गरी।
    - खै पढाइको बारेमा त मैले पनि सोधेको छैन न उसले नै । राधाले निराशाजनक प्रतिउत्तर दिई।
    - यहि सालमा जन्त जान पाइन्छ त्यसोभए ?
    - धत् ' टाइमपास मात्र' हो यार।
    राधाको यो उत्तरले मेरो जिउ सिरिङ्ग भयो, एक्कासी गर्मी महसुस् गर्न थाले। मेरो मन नमज्जाले दुख्यो शरिर शिथिल भयो ।
    सन्ध्याले थोरै आवेगमा भनि,
    - हेरन बौलाहिस फेरि ! कतिओटा पुगे अहिले सम्म ?
    - ह्या तं पनि अनि बोल्दैमा हाँस्दैमा र भेट्दैमा सबैलाई बिहे नै गर्नु पर्छ भन्ने छ र? त्यस्तो गाउँको केटासँग अझ बिहे रे, मलाई त्यस्तो देख्छेस् तैले ! मेक‌अप र खाजामा नै मेरो ५०० भन्दा धेरै खर्च हुन्छ दिनमा, विचरा त्यो बेरोजगारले कसरी पाल्न सक्छ यार भन त । म त पिआर वाला खोज्ने हो बुझिस ।

    उसले एकसासमै यति कुरा गरि, जुन मेरो सोच भन्दा निक्कै बाहिरको कुरा थियो । छ महिना देखि उसले मसंग नाटक गरिरहेकी रहिछ भन्ने प्रष्ट भयो ।
    मन त यस्तो भएको थियो की उठेर एक झापड लगाइदिउ तर वाध्यताले त्यो हैसियत सम्म जान दिएन ।

    मेरो सिटमा संगै बसेकी युवती पनि राधाको कुरा सुनेर म तिर हेरेर मुस्कुराइरहेकी थिई, मैले पनि बाहिर मुस्कान छाडे झैँ गरिदिए ।

    खलासी भाईले सोध्यो, त्रिपुरेश्वर कोही छ?
    मैले म छु भने ।
    लगाएको माक्स खोले सिटबाट उठे र पछाडी सिटमा गुनगुनाइ रहेकी राधालाई बोलाए ।
    राधा जी नमस्कार 🙏🏽 म प्रभात, चिन्नु भयो?

    गाडी रोकियो, खलासीले त्रिपुरेश्वर उत्रनुस् भन्यो ।

    राधालाई मन्द मुस्कान सहित बाइ भने र ओर्लिए रत्नपार्क हिडेको मान्छे त्रिपुरेश्वर ।

    त्यहिँबाट कलङ्कीको लागि ट्याक्सी लिए। बाटोमा जादै गर्दा आफन्तलाई फोन गरे र म घर जान लागेको कुरा जानकारी दिए । कलङ्की पुगेर कृष्णनगरको लागि टिकट काटेर बसमा बसे ।
    मनमा धेरै कुराहरु खेलिरहे । खल्तीबाट मोबाइल निकाले उसलाई सबै तिरबाट ब्लक गर्ने मन लाग्यो । फेशबुक खोलेर हेरे मैले ब्लक गर्नु पुर्व उसले नै ब्लक गरिसकेकी रहिछ । ट्विटरमा हेरे त्यहाँ पनि ब्लक थिए । इन्स्टाग्राममा र टिकटक पनि ब्लक लिस्टमा परेछन् ।

    डाटा अफ गरे र आँखा बन्द गरेर पल्टिए त्यहिँ गाडिकै सिटमा ।

    - लेखक न्यौपाने कपिलवस्तु निवासी हुनुहुन्छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - १०:३०:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology