आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रणय दिवस विशेष

प्रेमको लागी पनि दिवस चाहिन्छ र?

प्रेमको लागी पनि दिवस चाहिन्छ र?

राजेन्द्र रुपाखेती

२, फाल्गुण २०७८
  • 12.2K
    SHARES
  • प्रेमको लागी पनि दिवस चाहिन्छ र?

    जब सम्बन्ध स्वार्थ र सर्त विहिन हुन्छ अनि प्रेम कर्म होईन भक्ति बन्न थाल्छ । भावनाहरु उपवास वस्न थाल्छन, विचारहरु आरती गर्न थाल्छन, मान्छे भगवान लाग्न थाल्छ । मन्दिरमा मान्छेको खोजी हुन्छ ।

    images

    आक्रोश त हुन्छ तर घृणा हुन्न, अपेक्षा हुन्छ तर अनादर हुँदैन, गुनासो हुन्छ तर दवाव हुँदैन,सल्लाह हुन्छ तर सम्झौता हुँदैन, भावना हुन्छ तर नियम हुँदैन, सहयोग हुन्छ तर प्रतिफलको आश हुँदैन, मन पराउनुको कारण थाहा हुँदैन ।

    कर्तव्य बोधको भारी बोकिदैँन, बिश्बासको सिमा हुँदैन, विचारको बिधि हुँदैन, याद मौषमी हुँदैन, वात अनिमियत हुँदैन, हरेक परिस्थितिमा माईक्रोस्कोप जडान हुन्छ, दुखाई साझा हुन्छ हाँसोको हक लाग्छ, हरेक कार्यक्रममा अघोषित प्रमुख अतिथिको रुपमा सम्मान हुन्छ, समस्यामा समान सहभागिताको लागि हतार हुन्छ, मुल्यांकन आधा हुन्छ अंक शतप्रतिशत दिईन्छ, परिक्षा त पटक पटक लिईन्छ तर परिक्षा अगावै उतिर्णको प्रमाणपत्र तयार हुन्छ ।

    बश त्यै प्रमाणपत्रको आधार जिवन सारथिको रुपमा वेतलवि तर मतलवि जागिर खुवाईन्छ । हो माया तेहि नै हो, त्यसैले प्रणय दिवश लाई पात्रो हेरिरहन पर्दैन, मायामा त पलपल दिवश मनाईन्छ, यात्रामा सगै भएपछी शुभयात्राको शुभकामना भनिरहन पर्छ र ? अनि प्रेममा नि दिवस चाहिन्छ ?

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - ११:०३:०५ बजे

    राजेन्द्र रुपाखेती

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology