शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हाइवे बचत तथा ऋण सहकारी संस्थाको रक्तदान कार्यक्रममा ७७ युनिट रगत संकलन

हाइवे बचत तथा ऋण सहकारी संस्थाको रक्तदान कार्यक्रममा ७७ युनिट रगत संकलन

शिवराज आचार्य

१६, फाल्गुण २०७८
  • 9.4K
    SHARES
  • हाइवे बचत तथा ऋण सहकारी संस्थाको रक्तदान कार्यक्रममा ७७ युनिट रगत संकलन

    हाइवे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आज रक्तदान कार्यक्रम भएको छ । हाइवे बचत तथा ऋण सहकारी संस्थाले सरस्वती सेवा केन्द्रको स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ जना पुरुष र २२ जना महिला गरी ७७ जनाले रक्तदान गरेका हाइवे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रिसि राम नेपालले जानकारी दिनुभयो।

    images
    images

    IMG_1137.JPG

    रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्रको धादिङको प्राविधिक सहयोग रहेको थियो। धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ। कोरोनाका कारण जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष उमा सिम्खडाले बताउनु भएको छ ।

    कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य,उपाध्यक्ष अम्बिका रुपाखेती, धादिङ रेडक्रसका मन्त्री दुर्लब कुमार तामाङ,संस्थाका अध्यक्ष तथा कर्मचारीको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १६, २०७८ सोमवार - १६:४६:१७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology