नेत्र पौडेल
- सम्झौतामा राष्ट्रहित विपरितका थुप्रै प्रावधानहरू छन् । हाम्रो अग्योग्यता सहित विभिन्न चरण पार गर्दै जहाँ आइपुगेका थियौँ यसलाई पास गर्नुको विकल्प थिएन ।
- नेताहरुको अदुरदर्शिता र राजनीतिक तिकडमका कारण आमजनतालाई विभाजित बनाउनु दुःखद रह्यो ।
- संधै सामाजिक सम्बन्धमा रहनु पर्ने तल्लो तहका दाज़ुभाई, दिदीबैनीहरू मिल्नै गाह्रो हुनेगरी कृत्रिम राष्ट्रबादी र राष्ट्राघातीमा विभक्त भए ।
- दुई मुलुक बिच हुने सम्झौतामा एकल-व्याख्या, संकल्प प्रस्ताव वा पुर्नपुष्टि जे भने पनि ती सबै नेताहरूका लाज छोप्ने सिँगाने टाला हुन् ।
- यस्ता टालाहरू सबैका गोजिमा थिए । कांग्रेसका गगन थापाले यो टालो पहिला नै देखाएका हुन् । यस्तो टालो जो संग मागेको भए पनी सजिलै पाइने थियो । सडकमा तमाशा गर्नै पर्ने थिएन ।
- सत्ता, सञ्जिवनी बुटी नै थियो भने एमसिसि को विपक्षमा गएर त्यसलाई सुरक्षित गर्न नसकिने क़ुराको चेत नेताहरूमा थिएन भनेर कसरी भनौ ! राष्ट्रवादी बन्ने होडले चिप्लेढुङगा पुगियो ।
- संकल्प प्रस्ताव भन्दा दह्रो बुँदा, कार्यान्वयनको क्रममा चित्त नबुझे कारण सहित एक महिनाको सूचना दिएर एक पक्षीय खारेज गर्न सकिने व्यवस्था छदैँ थियो ।
- नेताहरूले पारेको भ्वाँङ कति ठुलो हुन्छ र त्यसलाई टाल्न कती गाह्रो हुन्छ भन्ने कुरा कार्यकर्ताहरूले धेरै पटक भोग्दै आएका छन् ।
- गुण र दोषका आधारमा आफ्नो विचार राख्न सक्ने र त्यसमा अडिग रहने जनमतको बाहुल्यता नभए सम्म पटक पटक जनता र कार्यकर्ताहरूले लज्जा बोध गरिरहनु पर्छ ।