आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एमसिसि बारे लागेको कुरा

एमसिसि बारे लागेको कुरा

नागरिक पाटी

१६, फाल्गुण २०७८
  • 7.8K
    SHARES
  • एमसिसि बारे लागेको कुरा

    नेत्र पौडेल

    images

    - सम्झौतामा राष्ट्रहित विपरितका थुप्रै प्रावधानहरू छन् । हाम्रो अग्योग्यता सहित विभिन्न चरण पार गर्दै जहाँ आइपुगेका थियौँ यसलाई पास गर्नुको विकल्प थिएन ।

    - नेताहरुको अदुरदर्शिता र राजनीतिक तिकडमका कारण आमजनतालाई विभाजित बनाउनु दुःखद रह्यो ।

    - संधै सामाजिक सम्बन्धमा रहनु पर्ने तल्लो तहका दाज़ुभाई, दिदीबैनीहरू मिल्नै गाह्रो हुनेगरी कृत्रिम राष्ट्रबादी र राष्ट्राघातीमा विभक्त भए ।

    - दुई मुलुक बिच हुने सम्झौतामा एकल-व्याख्या, संकल्प प्रस्ताव वा पुर्नपुष्टि जे भने पनि ती सबै नेताहरूका लाज छोप्ने सिँगाने टाला हुन् ।

    - यस्ता टालाहरू सबैका गोजिमा थिए । कांग्रेसका गगन थापाले यो टालो पहिला नै देखाएका हुन् । यस्तो टालो जो संग मागेको भए पनी सजिलै पाइने थियो । सडकमा तमाशा गर्नै पर्ने थिएन ।

    - सत्ता, सञ्जिवनी बुटी नै थियो भने एमसिसि को विपक्षमा गएर त्यसलाई सुरक्षित गर्न नसकिने क़ुराको चेत नेताहरूमा थिएन भनेर कसरी भनौ ! राष्ट्रवादी बन्ने होडले चिप्लेढुङगा पुगियो ।

    - संकल्प प्रस्ताव भन्दा दह्रो बुँदा, कार्यान्वयनको क्रममा चित्त नबुझे कारण सहित एक महिनाको सूचना दिएर एक पक्षीय खारेज गर्न सकिने व्यवस्था छदैँ थियो ।

    - नेताहरूले पारेको भ्वाँङ कति ठुलो हुन्छ र त्यसलाई टाल्न कती गाह्रो हुन्छ भन्ने कुरा कार्यकर्ताहरूले धेरै पटक भोग्दै आएका छन् ।

    - गुण र दोषका आधारमा आफ्नो विचार राख्न सक्ने र त्यसमा अडिग रहने जनमतको बाहुल्यता नभए सम्म पटक पटक जनता र कार्यकर्ताहरूले लज्जा बोध गरिरहनु पर्छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १६, २०७८ सोमवार - १७:०९:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology