आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रवीन्द्रजीलाई शुभकामना सहित राप्रपामा जान दिऔँ ।

रवीन्द्रजीलाई शुभकामना सहित राप्रपामा जान दिऔँ ।

नागरिक पाटी

११, चैत्र २०७८
  • 7.6K
    SHARES
  • रवीन्द्रजीलाई शुभकामना सहित राप्रपामा जान दिऔँ ।

    मिलन पाण्डे

    images

    श्रावण ११ देखि आजसम्मका घटनालाई वैकल्पिक राजनीतिको इतिहासको रेकर्डबाट हटाऔँ, रवीन्द्रजीलाई शुभकामना सहित राप्रपामा जान दिऔँ ।
    १) 'मार्ग परिवर्तन' भन्ने गोलमटोल / पश्चगामी र राजतन्त्रवादी दस्ताबेज ल्याएसँगै रवीन्द्रजीले पार्टीलाई नयाँ राप्रपा बनाउन खोज्नुभएको थियो। राप्रपामा राजेन्द्र लिङ्देनको उदयसँग रवीन्द्रजीको त्यो आकाङ्क्षामा पानी पर्यो। अब मिश्र पक्षले गर्न लागेको त्यो एकीकरण स्वाभाविक हो। एजेन्डा नै मिल्छ, नाम र चुनाव चिन्हमा 'फेस सेभ' गरेर एकीकरण गर्दा हुन्छ।
    अब एकीकरण हुनु र नहुनुले केहि फरक पर्दैन। विवेकशील साझा रवीन्द्र मिश्र पक्ष अहिले नै राप्रपाभन्दा के नै फरक छन् र ?

    २) विवेकशील साझा पार्टीको आधिकारिकता बारे, मुद्दा अदालतमा छ। अदालतको फैसला कुरौँ। यो हाम्रो कानुनी पाटो हो। राजनैतिक रूपमा ६ महिनामा महाधिवेशन गर्ने भनेर एकीकरण भएको हो। महाधिवेशन नभएसम्म पार्टी एकीकरणको मर्मभन्दा फरक कुनै पनि कुरा मान्न सकिँदैन। राजनैतिक रूपमा रवीन्द्रजीले वैकल्पिक राजनीतिका निम्ति असान्दर्भिक र पश्चगामी एजेन्डा ल्याएर एकल बैठक बोलाएको दिन अर्थात् भाद्र १७ गते देखिनै दुई वटा भैसकेको छ। मूलबाटो पक्षले एकीकरणको बेलाका १३० केन्द्रीय सदस्य सहित २०१ समिति केन्द्रीय समिति बनाएका छन्।
    विभिन्न ५ वटा सङ्गठन निर्माण गर्दै अब प्रदेश र जिल्ला कमिटीहरू पुनर्गठन गर्दै अघि बढ्दै छ।
    हामी पार्टी स्थापनाकाल देखिनै सामेल भएका साथीहरूलाई समेट्दै अघि बढ्छौँ। अभियान सुरु भएको एक दशक भएछ, यो एक दशकको गहिरो समीक्षा गर्दै अघि बढ्छौँ।

    ३) केहि साथीहरू पार्टीको चुनाव चिन्ह बचाउनुपर्छ भनेर आफ्नो विचार र मूल्यमान्यतामै सम्झौता गरेको देख्छु। दुख लाग्छ, यदि विचार र पार्टीको मान्यता नै रहेन भने के अर्थ त्यो फगत नाम र लोगोको ? छन् त नेपालमा १११ वटा पार्टी। विवेकशील नेपाली र विवेकशील साझा पार्टीको संस्थापकहरू मध्ये म पनि एक भएको हुँदा मलाई पनि नाम र तराजुको माया छ, तर पार्टीको स्थापनाको मर्म, मान्यता र वैकल्पिक राजनीतिले जगाएको आशाको अगाडी त्यस्ता हजार नाम र लोगोलाई छाड्न सकिन्छ। सक्नुपर्छ।

    ४) सदस्यहरूलाई अपिल: साथीहरू, वैकल्पिक राजनीतिको विगत एक दशकको अनुभवले हामीलाई र हाम्रो राजनीतिलाई पनि एक हदसम्म परिपक्व बनायो। हामीले गरेका गल्तीहरूबाट सिकायो। अब आत्समिक्षा र यो यात्राको समीक्षा सहित अघि बढौँ। यो घटना नघटेको भए हुन्थ्यो, घट्यो। सिकियो। अब अघि बढौँ।

    रवीन्द्रजीलाई धेरै तनाव नदिऔँ। उहाँलाई उहाँको राजनीति गर्न दिऔँ। तर, वैकल्पिक राजनीतिलाई गिजोल्ने ती अनुहारहरू नभुलौँ। मिठो पाठ सिकौँ। शुभकामना भनौँ। मुसुक्क हासौं, माफ गरौँ, अघि बढौँ ।

    लेखक पाण्डे विवेकशिल शाझा पार्टीका सँयोजक हुनुहुन्छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ११, २०७८ शुक्रवार - १०:२३:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology