शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नागरिक पाटी

८, बैशाख २०७९
  • 6.0K
    SHARES
  • नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। विश्व बैंकले बिहीबार नेपाल अपडेट सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो।

    images
    images

    बाह्य क्षेत्रको दबाब बढ्दै जाँदा अर्थतन्त्रमा पर्ने सम्भावित जोखिमलाई पनि दृष्टिगत गर्दै आर्थिक वृद्धिदर प्रक्षेपण गरिएको विश्व बैंकले उल्लेख गरेको छ।

    नेपाल सरकारले भने चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य राखेको थियो। कोरोनाको साथै रुस-युक्रेन युद्धका कारण महँगी बढेर नेपालको बाह्य क्षेत्रमा दबाब परेकोले सरकारको लक्ष्यभन्दा निक्कै कम आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ।

    विश्व बैंकले आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र कायम रहने अनुमान गरेको छ। खासगरी बाह्य क्षेत्रमा परेको तीव्र दबाबको प्रभाव अर्थतन्त्रसमेत पर्ने देखिएको हो। जसमा रुस-युक्रेनको युद्ध र उसले निम्त्याएको महँगी एक कारण हो। चालु आर्थिक वर्षको ६ महिनाको विवरणका आधारमा विश्व बैंकले सो प्रक्षेपण गरेको हो।

    यसअघि विश्व बैंकले ३.६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। एसियाली विकास बैंकले भने सन् २०२२ को लागि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ८, २०७९ बिहिवार - १६:२३:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology