जिल्ला प्रहरी कार्यालय रसुवाले मदिरा बिक्री वितरणका लागि समय सीमा निर्धारण गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षालाई केन्द्रित गरी स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्म प्रत्येक दिन अपराह्न ४ बजेपछि कुनै पनि मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न निर्देशन दिइएको प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रमुख कुलदिप चन्दले जानकारी दिनुभयो ।
जिल्लामा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मदिराजन्य पदार्थ बिक्री वितरणमा समय सिमा तोकिएको उहाँले बताउनुभयो ।