थाक्रे गाउँपालिकामा मतगणना जारी छ । वडा नम्बर १ देखि ५ सम्मको मतगणना सम्पन्न हुँदा पालिका अध्यक्षमा एमालेका रामकुमार आचार्यले ४६८१ मत ल्याएका छन् । यस्तै अध्यक्षमा गठबन्धनको तर्फबाट काँग्रेसका रामप्रसाद विँडारीले ४३२५ मत पाएका छन् ।
यस्तै राप्रपाका राजाराम थापाले ११४, मँगोल नेशनल अर्गनाईजेशनका श्याम तामाङले ३८ र स्वतन्त्र हैसियतमा अध्यक्षमा उम्मेदवारी दिएकाहरुले केहि मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा भने एमालेका अम्बिका रुपाखेतीले ४४०० र गठबन्धनको तर्फबाट माओवादी केन्द्रका यन्त्र बहादुर थापाले ४७७८ मत पाएका छन् ।
यस्तै उपाध्यक्षमा राप्रपाका अन्जना खतिवडाले १२७ र मँगोल नेशनल अर्गनाईजेशनका दिल कुमारी घलानले ३५ मत पाएका छन् । यद्यपी अध्यक्ष र उपाध्यक्ष पदको लागि गठबन्धन र एमालेका उम्मेदवार विच प्रतिष्पर्धा रहेको छ ।
यसअघि भएको मतगणना अनुसार वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका श्याम सुन्दर थापा, वडा नम्बर २ मा माओवादी केन्द्रका टिकाराम तामाङ, वडा नम्बर ३ मा माओवादी केन्द्रकै विजय तामाङ, वडा नम्बर ४ मा माओवादी केन्द्रकै आशाराम तामाङ र वडा नम्बर ५ मा एमालेका सन्तबहादुर तामाङ निर्वाचित भईसकेका छन् ।
यो पनि हेर्नुहोस् ।
थाक्रे ५ मा एमालेका सन्तबहादुर तामाङ विजयी
थाक्रे गाउँपालिका ३ र ४ को वडा अध्यक्षमा माओवादीका उम्मेदवार निर्वाचित
थाक्रे गाउँपालिका २ को वडा अध्यक्षमा टिकाराम तामाङ निर्वाचित
थाक्रेमा एमालेको विजयी सुरुवात, वडा नम्बर १ को अध्यक्षमा श्यामसुन्दर थापाको समुह निर्वाचित