आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण अलपत्र

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण अलपत्र

नागरिक पाटी

५, आषाढ २०७९
  • 7.0K
    SHARES
  • मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण अलपत्र

    चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको स्तरोन्नतिको काम अलपत्र परेको छ । सडक स्तरोन्नतिको जिम्मा लिएको ठेकेदार कम्पनीले काम अघि नबढाउँदा नाका जोड्ने छोटो दूरीको सडक स्तरोन्नतिको काम अलपत्र परेको हो ।

    images

    सडक स्तरोन्नतिका लागि श्री भारत कन्स्ट्रक्सन र सिद्धिसाई जेभीले जिम्मा लिएको छ । जेभीले पेटी ठेकेदार कम्पनीमार्फत सडक स्तरोन्नतिको काम गरिरहेको थियो । गत फागुनदेखि नै सडक स्तरोन्नतिको काम ठप्प थियो । बीचमा केही समय पेटी ठेकेदारमार्फत काम भए पनि अहिले ठप्प रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख नीरज शाक्यले बताए ।

    मुख्य ठेकेदार कम्पनीले काम गरेको पैसा नदिएपछि पेटी ठेकेदारले समेत काम रोकेका छन् । ३० पुस ०७९ मा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी श्री भारत कन्स्ट्रक्सनरसिद्धिसाई जेभीले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनासँग १ साउन ०७७ मा सम्झौता गरेको थियो । सम्झौताको अवधि अब ६ महिना मात्रै बाँकी छ । तर, हालसम्म भौतिक प्रगति सन्तोषजनक नभएको योजनाका प्रमुख शाक्यले बताए । हालसम्म २४ प्रतिशत मात्रै भौतिक प्रगति भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । अनु आचार्यले नयाँ पत्रिका दैनिकमा खबर लेख्नुभएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - ०९:१७:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology