आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मन्त्री हेरफेरमा कांग्रेस–माओवादी बाधक

मन्त्री हेरफेरमा कांग्रेस–माओवादी बाधक

नागरिक पाटी

९, आषाढ २०७९
  • 6.4K
    SHARES
  • मन्त्री हेरफेरमा कांग्रेस–माओवादी बाधक

    नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले चार मन्त्रीलाई सरकारबाट फिर्ता गर्न खोजे पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बाधक बनेका छन्। अध्यक्ष माधवकुमार नेपालले सचिवालय बैठकमा कांग्रेस र माओवादीभित्र पनि सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने आवाज उठेपछि नेकपा एसको मन्त्री फेर्ने निर्णय कार्यान्वयनमा ती दुवै दल बाधक बनेको बताएका हुन्। मन्त्री हेरफेर गर्ने प्रस्तावलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अलपत्र पारेपछि नेकपा एस अध्यक्ष नेपाल पार्टीभित्रैबाट दबाबमा परेका छन्।

    images

    नेकपा एसले पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको तीन साता पुग्न लागेको छ। प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालका कारण आफ्ना मन्त्री फिर्ता नभएको नेकपा एसको भनाइ छ। ‘केही दिन पर्खनुस् भन्नुभयो तर कांग्रेस र माओवादीको आन्तरिक समस्यालाई लिएर हाम्रो पार्टीको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीले आनाकानी गर्नुभएको छ,’ पार्टी सचिवालयको बुधबारको बैठकमा अध्यक्ष नेपाललाई उद्धृत गर्दै एक नेताले भने। स्थायी कमिटीको सोमबार बसेको बैठकमा पनि नेपालले यस्तै गुनासो गरेका थिए।

    सचिवालय बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका पछिल्लो कामकारबाहीको विषयलाई लिएर पनि तत्कालै मन्त्री हेरफेर गर्नुपर्ने नेताहरूले बताए। यो विषय सोमबार बसेको स्थायी कमिटी बैठकमा पनि उठेको थियो। सचिवालय बैठकले मन्त्री हेरफेर तुरुन्त गर्न प्रधानमन्त्रीलाई दबाब दिने निर्णय गरेको छ। हामीले प्रधानमन्त्रीलाई पुनः निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छौं,’ पार्टीका सम्मानित नेता झलनाथ खनालले भने। नागरिक दैनिकमा खबर छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ९, २०७९ बिहिवार - ०९:२२:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology