आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सयपत्री हाइड्रोपारको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

सयपत्री हाइड्रोपारको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

नागरिक पाटी

२४, श्रावण २०७९
  • 4.2K
    SHARES
  • सयपत्री हाइड्रोपारको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

    सयपत्री हाइड्रोपावरको आइपिओ मंगलबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत ६७ हजार ५८ जना सर्वसाधारणले सेयर पाएका छन्।

    images

    जसमध्ये ६ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धकका अनुसार यो आइपिओमा कुल १४ लाख १३ हजार ५७२ जनाले आवेदन दिएकोमा १ हजार १०४ जनाको आवेदन रद्द भएका भएको छ ।

    कम्पनीले साउन १३ देखि १७ गतेसम्म कुल ७ लाख २१ हजार ६० कित्ता आइपिओ निष्कासन गरेको हो । सर्वसाधारणमा वितरण हुने कुल कित्ता आइपिओमध्ये २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकिएको छ।

    यस बाहेक बाँकी ६ लाख ७० हजार ५८६ कित्ता आइपिओ सार्वजनिक निष्कासनमार्फत कम्पनीले विक्री गरेको थियो। लगानीकर्ताले एनआइबिएल एस क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् ।

    साथै, सयपत्री हाइड्रोपावरको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिने व्यवस्था छ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २४, २०७९ मंगलवार - ११:२७:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology