आगामी मँसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । यतिखेर विभिन्न राजनैतिक दलहरुले उम्मेदवार सिफारिसको काम सकेका छन् । उम्मेदवारको लागि सिफारिस भएका नामहरु पार्टिको जिल्ला, प्रदेश हुँदै केन्द्रिय कमिटी तथा समितीमा पुगेका छन् । सिफारिस भएका व्यक्ति तथा समुहहरु उम्मेदवारको टिकटका लागि केन्द्रिय नेता सँगको भेटघाटमा व्यस्त छन् ।
यसैबिच नेकपा एमालेले धादिङ निर्वाचन क्षेत्र १ प्रदेश सभा (क) मा ५ जनाको नाम सिफारिस गरेको छ । नेकपा एमालेको प्रदेश क्षेत्रिय भेलाले निर्वाचनका लागि सुरेश आचार्य, नेत्र पौडेल, उद्धव लुईँटेल, अप्सरा उप्रेती र कुमार विक (कुमार बैरागी) को नाम सिफारिस गरेको हो ।
यस्तो छ, प्रदेशसभा सदस्यको उम्मेदवारका लागि सिफारिस सुरेश आचार्यको जिम्मेवारी र अनुभवहरु
- २०५५ साल कात्तिक ०७ गते नेपाल कम्युनिष्ट पार्टी एमालेको पार्टी सँगठित सदस्य प्राप्त
- नेकपा एमाले धादिङ जिल्ला कमिटी सचिवालय सदस्य
- नेपाल कृषी तथा बगान क्षेत्र श्रमिक सँघ फापुन केन्द्रिय कमिटी सदस्य
- ट्रक यातायात व्यवसायी सँघ नेपालको सल्लाहकार
- नेपाल पोल्ट्रि व्यवसायी सँघको वरिष्ठ सल्लाहकार
- राष्ट्रिय सँगितकर्मी सँघ जिल्ला समिती धादिङको वरिष्ठ सल्लाहकार
- नेपाल ट्रेड युनियन महासँघ जिफन्ट धादिङको सँस्थापक अध्यक्ष
- नेपाल यातायात स्वतन्त्र मजदुर सँगठन पृथ्वी राजमार्ग इकाई कमिटीको चार कार्यकाल अध्यक्ष
- नेपाल यातायात स्वतन्त्र मजदुर सँगठन बागमती अञ्चल कमिटीको एक कार्यकाल सदस्य, एक कार्यकाल उपाध्यक्ष
- नेपाल यातायात स्वतन्त्र मजदुर सँगठन केन्द्रिय श्रम सम्बन्ध विभाग सदस्य
- नेपाल ट्रेड युनियन महासँघ जिफन्ट बागमती अञ्चल कमिटी दुई कार्यकाल सदस्य एवम् रसुवा, नुवाकोट र धादिङको इन्चार्ज
- नेकपा एमालेको बुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधी
- नेकपा एमाले धादिङ जिल्ला कमिटी सदस्य एवम् मजदुर इन्चार्ज
- राजमार्ग आकस्मिक सेवा धादिङको अध्यक्ष
- जिफन्ट शिक्षा विभाग सदस्य
- सामुदायिक रेडियो तथा विभिन्न सामाजिक सँस्थाको कार्यसमिती तथा सल्लाहकारमा रहि काम गरेको आदि ।
भ्रमण तथा सहभागी
- नेपाल ट्रेड युनियन महासँघ जिफन्टको नेतृत्व गर्दै सन् २०१२ मा इन्डोनेसिया भ्रमण तथा कार्यक्रममा सहभागी
- सिँगापुर, बँगलादेश, इन्डोनेसिया, चिन र भारत लगायत देशहरुको भ्रमण तथा कार्यक्रममा सहभागी
- नेपालको ७४ जिल्लाका अधिकाँश पालिकाहरुको अवलोकन तथा अध्ययन भ्रमण आदि ।