शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अनिता गिरी अब ठूलो पर्दामा

अनिता गिरी अब ठूलो पर्दामा

नागरिक पाटी

२५, आश्विन २०७९
  • 5.1K
    SHARES
  • अनिता गिरी अब ठूलो पर्दामा

    एक दर्जन जति म्युजिक भिडियोमा अभिनयको गरि सकेकी अनिता गिरी अब ठूलो पर्दामा आफ्नो अभिनयको जादु छर्ने तयारीमा रहेकी छन् । खोटाङ सिम्पानी स्थायी घरभई काठमाडौंलाई कर्मथलो बनाएर यो क्षेत्रमा लागि रहेकी उनि विगत ६ वर्षदेखि निरन्तर कला क्षेत्रमा काम गरि रहेकी छन् ।

    images
    images

    सानैदेखि अभिनय र नृत्य भनेपछि हुरुक्क हुने उनको पहिलो गीतको भिडियो ‘वैगुनीले गएको थियो छोडेर’ रहेको थियो । त्यस यता ‘सजाए तिम्रो माया’, ‘लगन जुर्यो घरबार हुनलाई’, ‘तिम्रो साथ’, ‘केयर गर्दैनौ’, ‘तिमीलाई भुल्न’ जस्ता एक दर्जन भन्दा बढी गीतका भिडियोमा आफ्नो कुशल अभिनय पस्कि सकेकी छन् उनले । म्युजिक भिडियोमा अभिनयको तारिफ सँगसँगै थुप्रै अवार्ड पनि हात पारी सकेकी छन् ।

    अब ठूलो पर्दातर्फ जम्ने तयारीमा लागेकी उनि विक्की महर्जनको चलचित्र ‘द आउट लेयर’मार्फत डेब्यु गर्दैछिन् । ओडिनल, डेरिमिल्क, नेपाल आइस लगायतका थुप्रै विज्ञापनमा पनि अभिनय गरी सकेकी अनिताले डेढ दर्जन जति फेशन र्याम्पमा पनि आफूलाई हिँडाएकि छ्न । अभियन क्षेत्रमा नै पूर्ण रुपमा समर्पित भएर लागेको बताउने उनि सबै प्रकारको भूमिकालाई न्याय गर्न सक्ने आफूमा खुबी रहेको दाबी गर्दछिन् । म्युजिक भिडियो र फेशन शो हरूमा तारिफ बटुल्न सफल अनिता ठूलो पर्दामा कत्तिको जम्ने हुन् त्यो त भबिष्यले नै बताउछ। तर, उनि भने पूर्ण तयारीका साथ आफू यो क्षेत्रमा आएको दाबी गर्दछिन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २५, २०७९ मंगलवार - ११:२५:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology