शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आठौँ धादिङ महोत्सव पुष ७ देखि १७ सम्म हुँदै

आठौँ धादिङ महोत्सव पुष ७ देखि १७ सम्म हुँदै

नागरिक पाटी

११, मंसिर २०७९
  • 4.9K
    SHARES
  • आठौँ धादिङ महोत्सव पुष ७ देखि १७ सम्म हुँदै

    धादिङ । धादिङ उद्योग बाणिज्य संघको आयोजना आगामी पुष ७ गतेदेखि १७ गतेसम्म आठौँ धादिङ महोत्सव हुने भएको छ । कोरोनाका कारण विगतका ३ वर्षमा हुन नसकेको महोत्सवलाई यस वर्ष धादिङ उद्योग बाणिज्य संघले धादिङवेशीको खुल्लामन्चमा महोत्सव गर्न लागिएको हो ।

    images
    images

    शनिवार धादिङवेशीमा संघको वैठकले महोत्सवलाइ सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न २३ वटा विषयगत उपसमितिहरु निर्माण गरी महोत्सव तयारीलाई तिर्वता दिएको छ । धादिङ उद्योग बाणिज्य संघका कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा गठन भएका विभिन्न विषयगतउपसमितिहरुले शनिवार बाटै काम सुरु गरेको धादिङ उद्योग बाणिज्य संघका महासचिव तिलक सिम्खडाले बताएका छन् । महोत्सवमा ५ करोडको कारोवार हुने र २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा लिएको छ ।

    यस्ता छन् आठौ धादिङ महोत्सवकाउद्येश्यहरु
     प्रदर्शनी बाट सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई औद्योगिक, ब्यापारिक, कृषि तथा पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने
     स्थानिय स्तरबाट उत्पादित बस्तुहरुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको बिकास गर्ने
     घरेलु उद्योगको प्रवद्र्धनमा टेवापुर्याउने ।
     घरेलु उद्योग र कृषिलाई ब्यावसायिक आधुनिकिकरण तर्फ उन्मुख गराउने ।
     निकासी योग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पु््र्याउने ।
     यस जिल्ला तथा आसपासका अन्यपर्यटकिय स्थलहरुको बिकास र बिस्तारमा टेवा पुर्याउने
     स्थानीयबजारको बिकास बिस्तार एवं बिशिष्टिकरण तर्फ उन्मुख गराउने ।
     उत्पादक र उपभोक्ता वीच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध बिस्तार गराउने ।
     कृषि पेशालाई व्यवसायिक रुपमा बिकास गराउन सहयोग गर्ने ।
     आधुनिक एवं नयां प्रविधि, उपकरण एवं मेसिनका वारेमा जानकारी गराउने ।
     लोप हुन लागेका स्थानिय कला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना गर्ने ।
     बिभिन्न जातजाती बीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिबृद्धि गर्ने ।
     लगानीका अवसरहरुको सृजना गर्ने

    महोत्सवका मुख्य आकर्षणहरु
     जिल्लाको स्थानीयतहको सहकार्यमा स्थानीय तह भित्रउत्पादनहुने वस्तु तथा सेवाको प्रद्धर्शनी
     कृषिप्रदर्शनी
     सानातथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्रीवितरण
     विविध साँस्कृतिक प्रदर्शनी
     पर्यटन प्रवद्र्घन सम्वन्धी विविध कार्यक्रमहरु
     स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री
     हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण
     राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती
     खनिज जन्यवस्तुको प्रदर्शनी तथा विक्री
     जडिवुटीको प्रदर्शनी, विक्री तथा जानकारी
     आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी
     इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री÷सूचना प्रविधी सम्बन्धी जानकारी
     अटोमोवाईल्सको प्रदर्शनीतथाविक्रीवितरण
     रमाईलो मेलावाल/उद्यान
     हेलिकोप्टरवाट जिल्लाको पर्यटकिय क्षेत्रहरुको दृष्यावलोकन रहेको छ ।

    त्यसै गरी शनिबार सम्पन्न संघको बैठकले गठित उप समितिको बैठक ७ दिन भित्र राख्ने र संघको साधारण सभा पौष ३० गते धादिङबेशीमा गर्ने समेत निर्णय गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ११, २०७९ आइतवार - १५:४७:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology