शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नवज्योती बचत तथा ऋण सहकारीको १६ औँ बार्षिक साधारण सभा सम्पन्न

नवज्योती बचत तथा ऋण सहकारीको १६ औँ बार्षिक साधारण सभा सम्पन्न

आशिष ठकुरी

१७, मंसिर २०७९
  • 12.2K
    SHARES
  • नवज्योती बचत तथा ऋण सहकारीको १६ औँ बार्षिक साधारण सभा सम्पन्न

    नवज्योती बचत तथा ऋण सहकारीले आफ्नो १६ औँ साधारण सभा गरेको छ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा रहेको उक्त सहकारीले शनिबार सहकारीको हलमा साधारणसभा गरेको हो । 

    images
    images

    सहकारीमा २ करोड ४० लाखको सेयर रकम, १४ करोड ५० लाख रुपैँया निक्षेप र १३ करोड ३४ लाख रुपैँया ऋण लगानी रहेको सहकारीका प्रबन्धक हरिहर लुईँटेलले बताउनुभयो ।

    कार्यक्रममा सहकारीले विभिन्न विधामा सम्मान गरेको छ । जेष्ठ सदस्य, उत्कृष्ट ऋणी बचत लगायतको विधामा सदस्यहरुलाई सम्मान गरिएको सहकारीले जनाएको छ ।

    सहकारीका अध्यक्ष अर्जुन आचार्यको अध्यक्षता र जिल्ला सहकारी सँघ धादिङका अध्यक्ष रामचन्द्र आचार्यको प्रमुख आतित्थ्यतामा भएको साधारणसभामा विभिन्न सँस्थाका प्रमुख तथा प्रतिनिधी, सहकारीका पदाधिकारी तथा सदस्य, कर्मचारी, सेयर सदस्य लगायतको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - २०:२७:०५ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology