आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अभावमाझ सल्किने चिता रहेछ जिन्दगी

अभावमाझ सल्किने चिता रहेछ जिन्दगी

  • 4.8K
    SHARES
  • अभावमाझ सल्किने चिता रहेछ जिन्दगी

    गजल

    images

    अनन्त प्यार झल्किने कथा रहेछ जिन्दगी
    अमूर्त भाव टल्किने कला रहेछ जिन्दगी

    समस्त दुस्ख बिर्सदा मुहार खुल्छ हर्षले
    सहस्र आँसु छल्किने ध्वजा रहेछ जिन्दगी

    म बोक्न सक्छु देश यो उठाइ हात कर्मठ
    भनेर बैँस ढल्किने सुधा रहेछ जिन्दगी

    टुटेर जान्छ स्वप्न त्यो गरीब झुक्न हुन्न है
    दुखेर घाउ बल्किने निशा रहेछ जिन्दगी

    सहेर चोट मर्मले सजाइ भाव कर्मले
    अभावमाझ सल्किने चिता रहेछ जिन्दगी

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ६, २०७९ सोमवार - १२:२१:०६ बजे

    नवराज न्याैपाने 'माैन'

    न्यौपानेले विशेष गरी साहित्यिक लेख रचनाहरु सँगै स्वतन्त्र पत्रकारिता क्षेत्रमा पनि कलम चलाउनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology