आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट

महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट

नागरिक पाटी

१६, जेठ २०८०
  • 4.9K
    SHARES
  • महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट

    महोत्तरी। महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको एनएमबी बैंकको शाखामा मंगलबार अज्ञात समूहले लुटपाट गरेको छ। महोत्तरी गाउँपालिकाको वडा नम्बर २ मा रहेको सो बैंकमा हतियारसहित पुगेका चार जनाको समूहले ग्राहकलाई थर्काउँदै कर्मचारीलाई नियन्त्रण लिएर ३५ लाख बढी रकम लुटपाट गरेर भागेको प्रहरीले जनाएको छ।

    images

    प्रारम्भिक अनुसन्धानमा अज्ञात समूहले ३५ लाख भन्दा बढीको रकम बैंकबाट लुटेर भागेको छ। दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले कर्मचारीलाई हतियार देखाउँदै लुटपाट गरेर भागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो।

    मास्क लगाएर बैंक प्रवेश गरेका उनीहरुले लुटपाट गर्दै दुई तिर भागेको जनाइएको छ। प्रहरी उपरीक्षक मल्लले सर्च अभियान सुरु गरिसकिएको र थप जानकारी पछि दिने बताउनुभयो। सिसिटिभी हेरेर लुटेराको पहिचान गर्ने काम समेत भइरहेको जनाइएको छ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - १७:०२:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology