धादिङ । थाक्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ८४ करोड २७ लाख ३७ हजार रुपैँयाको बजेट विनियोजन गरेको छ । गाउँपालिकाको नवनिर्मित नयाँ भवनको हलमा भएको गाउँपालिकाको गाउँसभा तथा १३ औँ अधिवेशनमा उक्त रकम बराबरको बजेट विनियोजन गरिएको हो ।
गाउँपालिकाको उपाध्यक्ष यन्त्रबहादुर थापाले प्रस्तुत गर्नुभएको बजेटमा आर्थिक, सामाजिक विकास, पुर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको क्षेत्रगत विवरण पेश गरिएको छ ।
आर्थिक विकास अन्तर्गत ७ करोड ८२ लाख ९८ हजार, सामाजिक विकास अन्तर्गत १६ करोड ३९ लाख ३८ हजार, पुर्वाधार विकास अन्तर्गत २३ करोड ५५ लाख ७२ हजार रुपैँया बजेट विनियोजन गरिएको छ ।

यस्तै सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र अन्र्तगत २ करोड ४८ लाख ७९ हजार रुपैँया र कार्यालय सञ्चालन तथा प्रशासनिक अन्र्तगत ३४ करोड ५० हजार बजेट विनियोजन गरिएको गाउँपालिकाको उपाध्यक्ष यन्त्रबहादुर थापाले बताउनुभयो ।
गाउँपालिकाको गाउँसभा तथा १३ औँ अधिवेशनको अन्तिम दिन मँगलबार बजेटको उदेश्य, प्राथमिकताका साथै चालु आर्थिक वर्षको आम्दानी र खर्चको विवरण पनि प्रस्तुत गरिएको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताउनुभयो ।
यस्तो छ बजेटको विषयगत क्षेत्र र विनियोजित रकम

