आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

वाग्मती आयोजनाको म्याद ३ वर्ष थप

वाग्मती आयोजनाको म्याद ३ वर्ष थप

नागरिक पाटी

९, श्रावण २०८०
  • 4.6K
    SHARES
  • वाग्मती आयोजनाको म्याद ३ वर्ष थप

    काठमाडौं । सरकारले अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिको म्याद ३ वर्षका लागि थप गरेको छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद्को बैठकले वाग्मती विकास समिति तथा वाग्मती विकास आयोजनाको म्याद थप गर्ने निर्णय गरेको हो।

    images

    गठन आदेशबाट स्थापना भएको वाग्मती विकास समितिको म्याद यही असार मसान्तबाट सकिँदै थियो। सरकारले म्याद थप नगरेको भए विकास समिति स्वतः विघटन हुने थियो। सरकारले विकास समितिका अध्यक्ष उद्धव तिमल्सिनाको पनि म्याद आगामी कात्तिक २७ गतेसम्म कायम राख्ने निर्णय गरेको छ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा वाग्मती विकास समितिको अध्यक्षमा २०७७ कात्तिक २८ गते तिमल्सिना ३ वर्षका लागि नियुक्त गरिएका थिए। सरकारले म्याद थप नगरेको भए तिमल्सिनाको अवधि सकिने थियो।

    गठन आदेशमा उपत्याकाको वाग्मती, धोवीखोला, विष्णुमतिसहित १८ वटा नदी खोलाको संरक्षण, सम्बद्र्धन, नदीको पानी सफा गर्ने, सौन्र्दयकरण गर्न नेपाललगायत अधिकार वागमती विकास समितिलाई दिइएको छ। नागरिक दैनिकमा खबर छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०८० मंगलवार - ०९:००:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology