आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बागमती प्रदेशमा डेङ्गु सङक्रमण बढ्दै, सबैभन्दा धेरै धादिङ प्रभावित

बागमती प्रदेशमा डेङ्गु सङक्रमण बढ्दै, सबैभन्दा धेरै धादिङ प्रभावित

नागरिक पाटी

१७, श्रावण २०८०
  • 4.5K
    SHARES
  • बागमती प्रदेशमा डेङ्गु सङक्रमण बढ्दै, सबैभन्दा धेरै धादिङ प्रभावित

    हेटौँडा । बागमती प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुस १७ देखि साउन १५ सम्म ९८० जनामा डेङ्गु सङक्रमण पुष्टि भएको छ। सात महिनाको अवधिमा डेङ्गु सङ्क्रमणका कारण सबैभन्दा धेरै धादिङ प्रभावित भएको छ। प्रदेशका १३ वटै जिल्लामा डेङ्गु सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    images

    मन्त्रालयका सूचना अधिकारी डा। रविन भुसालका अनुसार धादिङमा ५७६ जना, काठमाडौँमा दुई जना, भक्तपुरमा ४१ जना, ललितपुरमा ३७ जना र नुवाकोटमा २८ जनामा डेङ्गु पुष्टि भएको हो। रामेछापमा २३, चितवनमा २८, काभ्रेपलाञ्चोकमा ११, सिन्धुलीमा ११, मकवानपुरमा १५, रसुवामा चार, दोलखा र सिन्धुपाल्चोकमा तीनरतीन जनामा डेङ्गु सङक्रमण भएको छ।

    पछिल्लो तथ्याङ्कले गत वर्ष झैँ यो वर्ष पनि बागमतीमा डेङ्गु रोग सङक्रमणको उच्च जोखिम देखिएको छ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०८० बुधवार - १४:००:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology