आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मुक्तक दोहोरी

दिदि-भाईको मुक्तक दोहोरी : एक सुक्को छैन साथमा लिन आउनु आँफै..

दिदि-भाईको मुक्तक दोहोरी : एक सुक्को छैन साथमा लिन आउनु आँफै..

नागरिक पाटी

९, भाद्र २०८०
  • 11.3K
    SHARES
  • दिदि-भाईको मुक्तक दोहोरी : एक सुक्को छैन साथमा लिन आउनु आँफै..

    दुखै-दुख पाउनु भाको पाएँ खबर कुरा के हो ?
    पूरा गर्दिदैनन् रे त तपाईंको रहर कुरा के हो ?
    कहिल्यै हेला नगर्ने सर्तमा लग्नु भएको भेनाले
    आजभोली हुँदैन रे स्वास्निको कदर कुरा के हो ?
    - मनोज चेपाङ

    images

    सोध्यौ हालखबर बाबु माइतिघरको न्यास्रो निकै छ,
    बाँचेछु अरु त के हुनु, अझै सम्म नि जे छ ठिकै छ,
    बरु सुनाउ तिमी आमा बाबालाइ के कस्तो छ
    भेना नपाउनुको छ भाइ मानौँ भगवान जतिकै छ
    - सनिता चेपाङ

    तपाईं पारेर खुब ठाडो शिर किन लुकाउनु हुन्छ
    भाविले लेख्दिएको तक्दिर किन लुकाउनु हुन्छ
    रक्सी खाएर सदैब झगडा गर्छ भन्ने सुनेको थिएँ
    तपाईं भने जहिल्यै आफ्नो पिर किन लुकाउनु हुन्छ
    - मनोज चेपाङ

    राम्रै छ अहिलेसम्म त, तिमिलाइ सुनायो कसले
    हुँदै नभाको शंका र पिरको जाल बुनायो कसले
    रक्सी त छुँदैनन् पनि, चुरोट भाङको के कुरा
    नढाँटी भन त नभाको कुरा गुन गुनायो कसले ?
    - सनिता चेपाङ

    दुखै दुखमा जीवन काटेर के पाउनुहुन्छ
    त्यस्ता सँग जोवन साटेर के पाउनुहुन्छ
    भनेको मान्नुस् भोलि नै माइत आउनु है
    सोझो छ भेना भनी ढाँटेर के पाउनुहुन्छ
    - मनोज चेपाङ

    जे छ भएको पनि जाला धत फाल्दिन
    जिइरहेको छु यसै नारिको सत फाल्दिन
    तिम्रो दिदिले दुखमा नि हाँस्न सिकेकी छे
    भो आउँदिन माइतीको इज्जत फाल्दिन
    - सनिता चेपाङ

    भएको तपाईं रोउँ कि हाँसु हेर्न सक्दैनौँ
    भेना झैँ छुच्ची तपाईंको सासू हेर्न सक्दैनौँ
    आटोपिठो खाउँला बालापनमा जस्तै गरि
    माइत आउनुस् आँखामा आँसु हेर्न सक्दैनौँ
    - मनोज चेपाङ

    बिगत थियो त्यस्तै बर्तमान आजले के भन्लान्
    हराउँछु सोच्दै आफैँमा डर लाजले के भन्लान्
    तिमी, आमा बुवा, बुहारी त हो माइतिमा बुझ्ने
    छोडी घरबार बसे माइती समाजले के भन्लान्
    - सनिता चेपाङ

    कुरा काटोस् कि नकाटोस् बाल भएन
    लाएनी लाउन् हामीमा दोष बाल भएन
    दिदी, हामी तपाईंको खुसी हेर्न चाहन्छौँ
    यो दुनियाँले जेसुकै सोचोस् बाल भएन
    - मनोज चेपाङ

    बाबु तिमीले भन्छौ होला किन आउनु आँफै
    मनका सारा ब्यथाहरु दिन आउनु आँफै
    थाहा भो पक्कै भेना यस्तो छ भनेर त
    एक सुक्को छैन साथमा लिन आउनु आँफै
    - सनिता चेपाङ

    पहिले झैँ घरबार बनाएर खुसी बनम्ला
    शत्रुतालाई ठेगान लगाएर खुसी बनम्ला
    भोलि झिसमिसेमै आउँछु दिदि लिनलाई
    बरु साग सिस्नु ढिडो खाएर खुसी बनम्ला
    - मनोज चेपाङ

    मानेनौ भन्दा दुखैमा जिएर बस्छु,
    जति छन् पिडा मनमा सिएर बस्छु
    पोको पन्तुरो सबै तयार पारि सक्याछु
    हुन्छ बाबु छिट्टै आए पर्खिएर बस्छु
    - सनिता चेपाङ

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ९, २०८० शनिवार - १७:०१:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology