आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

तिनकुनेस्थित नमस्ते सहकारीका प्रबन्धक इन्टरपोलमार्फत कतारबाट पक्राउ

तिनकुनेस्थित नमस्ते सहकारीका प्रबन्धक इन्टरपोलमार्फत कतारबाट पक्राउ

नागरिक पाटी

२७, माघ २०८०
  • 5.2K
    SHARES
  • तिनकुनेस्थित नमस्ते सहकारीका प्रबन्धक इन्टरपोलमार्फत कतारबाट पक्राउ

    सहकारी ठगी मुद्दाका अभियुक्त नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ३८ वर्षीय गणेश सिजापतिलाई इन्टरपोलमार्फत कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ। प्रहरीले सहकारी ठगीमा फरार रहेका नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुरका सिजापतिलाई कतारबाट पक्राउ गरेर नेपाल ल्याएको हो।

    images

    काठमाडौँको तिनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक सिजापतिविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो। इन्टरपोलको सहयोग र कतार प्रहरीसँगको समन्वयमा उनलाई नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

    images
    images
    images
    प्रकाशित मिति :माघ २७, २०८० शनिवार - ०८:४६:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology