आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कविता : नारीका मर्म

कविता : नारीका मर्म

नागरिक पाटी

२९, फाल्गुण २०८०
  • 6.2K
    SHARES
  • कविता : नारीका मर्म

    विष्णु भण्डारी

    images

    नारीकाे सपना हुदैन विपना स्वार्थी भए लाेक याे
    पेलिन्छन् अपराधले पुरुषका बढ्दै गए भाेक त्याे
    दाेषी नै नभए त्यसै पुरुषले थप्दै गए लाञ्छना
    धर्ती झैं कसरी महान दिलले खप्दै रहे यातना।१।

    भारामा घरमा र खेत बनमा सर्वत्र संसारमा
    नारी नै खटिने सदैव किन हाे पर्दै गए मारमा
    याैटा बालक हुर्कियाे जतनले पाएर आमा अब
    याैटा सुन्दर जीवनी फलिगयाे देवी उनै वास्तव ।२।

    खाेज्दैनन् अधिकार आज महिला सारा डुबे आँशुमा
    साेच्दैनन् किन निर्दयी पुरुषले छाेरी बुहारी मुमा
    सारा सृष्टि चलेर शान्त दुनियाँ कल्ले जगायाे भन
    नारी नै नभए बनेन घर त्याे फिक्का बन्याे जीवन।३।

    अाशा त्याे बधुकाे बुझेन वरले बन्दैन राम्राे घर
    भाषा त्याे मनकाे बुझेन घरले याे जिन्दगी जर्जर
    खप्दैछन् कति यातना भुवनमा नारी रुदैछन् कति
    नारी मात्र खटेर याे जगतमा हाेला र के उन्नति ।४।

    हिंसाले कहिल्यै समाज गतिलाे बन्दैन बुझ्द्याै नर
    नारीकाे अपमानले सबकुरा बिग्रेर जाला तर
    मायाले दिलले र आत्मबलले नारी उठाैं है अब
    हाम्राे लाेक हिमाल झैं अटल हाेस् भन्ने बुझे हुन्न र।५।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २९, २०८० मंगलवार - १९:२६:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology