शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत, बजेटको आकार ८८ करोड १६ लाख रुपैँया

धुनिवेशी नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत, बजेटको आकार ८८ करोड १६ लाख रुपैँया

आशिष ठकुरी

१०, आषाढ २०८१
  • 6.2K
    SHARES
  • धुनिवेशी नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत, बजेटको आकार ८८ करोड १६ लाख रुपैँया

    असार १०, धादिङ । धुनिवेशी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२को लागि ८८ करोड १६ लाख ८९ हजार ६ सय ६६ रुपैयाँको बजेट ल्याएको छ । नगरकार्यपालिकाको प्रशासनिक भवन जुगेडीमा भएको सभामा नगरपालिका उपप्रमुख सुरज उप्रेतीले पेश गरेको बजेटमा कुल विनियोजित रकम मध्ये चालुतर्फ ४७ करोड ९ लाख ८५ हजार ६ सय ६६ रुपैयाँ रहेको छ । धुनिबेशी नगरपालिकाले पुजीगत तर्फ ४१ करोड ७ लाख ४ हजार विनियोजन गरेको छ ।

    images
    images

    1234.jpg

    आगामी आर्थिक बर्षको व्यहोर्ने स्रोत मध्ये संघीय सरकारबाट बित्तीय हस्तान्तरणको माध्यमबाट समानिकरण अनुदान १४ करोड ६२ लाख,सशर्त अनुदान २२ करोड १२ लाख २१ हजार ,समपुरक अनुदान १ करोड ,बागमती प्रदेश सरकारबाट समानिकरण अनुदान १ करोड ५६ लाख ७५ हजार ,सशर्त अनुदान १ करोड ८९ लाख २१ हजार,बिशेष अनुदान ५० लाख,समपुरक अनुदान ५० लाख,राजस्व बाडफाटबाट १८ करोड १० लाख ७७ हजार १ सय ६६, आन्तरिक राजस्वबाट ४ करोड ८१ लाख ७५ हजार र बैंक मौज्दात रहन सक्ने २० करोड ५४ लाख २० हजार ५ सय रुपैया अनुमान गरिएको छ ।

    2.jpg

    नगरपालिकाले आगामी आर्थिक बर्षको लागी आर्थिक विकासतर्फ ४ करोड ७३ लाख २८ हजार,सामाजिक विकास क्षेत्रतर्फ ३४ करोड ४३ लाख ३० हजार,पुर्वाधार विकासतर्फ ३१ करोड २३ लाख ९४ हजार ,सुशासन तथा अन्तरसम्बन्ध क्षेत्रतर्फ ५२ लाख ४५ हजार र कार्यालय सन्चालन तथा प्रशासनिक खर्चतर्फ १७ करोड २३ लाख ९२ हजार ६ सय ६६ रुपैयाँ विनियोजन गरिएको छ ।

    नीति तथा कार्यक्रम पास

    बजेट पेश हुनुभन्दा अगाडी नगरप्रमुख बालकृष्ण आचार्यले नीति तथा कार्यक्रम सभामा पेश गरेका थिए । धुनिवेशी नगरपालिकाले आगामी आर्थिक बर्षको लागी निति तथा कार्यक्रम सार्बजनिक गरेको हो । नगर सभाको १५ अधिवेशनमा नगरप्रमुख आचार्यले निति तथा कार्यक्रम पेश गरेका हुन् । पालिकाको निति तथा कार्यक्रममा विगतकै योजना तथा कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

    suraj.jpg

    पछिल्ला ७ बर्षको अवधीमा प्राप्त भएको उपलब्धिहरुको जगमा टेकेर क्रमागत योजना तथा कार्यक्रमलाई निरन्तरता दिदै अपुर्ण कार्यलाई पुर्णता दिइ समग्र धुनिवेशी नगरपालिकालाई सकारात्मक रुपमा दिनेगरी समृद्ध धुनिवेशी,सुखी नगरवासीको साकार बनाउने नगरप्रमुख बालकृष्ण आचार्यले सभामा बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १०, २०८१ सोमवार - १७:४०:४३ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology