शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

केवलपुर महिला साना किसान कृषि सहकारीको २२ औं वार्षिक साधारण सभा सम्पन्न

केवलपुर महिला साना किसान कृषि सहकारीको २२ औं वार्षिक साधारण सभा सम्पन्न

आशिष ठकुरी

४, आश्विन २०८१
  • 4.0K
    SHARES
  • केवलपुर महिला साना किसान कृषि सहकारीको २२ औं वार्षिक साधारण सभा सम्पन्न

    धादिङको थाक्रे स्थित केवलपुरमा रहको केवलपुर महिला साना किसान कृषि सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सँस्थाको अध्यक्ष अप्सरा अधिकारीको अध्यक्षता र थाक्रे गाउँपालिकाको अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा सँस्थाका अध्यक्ष अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रतिवेदनमा दैनिक कार्य सञ्चालन, सदस्य प्रोत्साहन कार्यक्रम देखी आगामी निती तथा कार्यक्रमहरु उल्लेख गरिएको छ ।

    images
    images
    kewalpur.jpg

    १ हजार २ सय ९ जना शेयर सदस्य रहेको सँस्थामा २ करोड ३८ लाख ७२ हजार रुपैँया शेयर रकम रहेको छ । १० करोड ५२ लाख ३९ हजार २७७ रुपैँया निक्षेप मौज्दात रहेको सहकारीमा २६ करोड ७० लाख ४१ हजार ६०२ रुपैँया क्रृण लगानी भने २२ करोड ५९ लाख २७ हजार २६२ रुपैँया क्रृण असुली रहेको छ ।

    सहकारीको आम्दानी ४ करोड ४ लाख ३८ हजार ७७३ रुपैँया रहेकोमा खर्च भने २ करोड ८८ लाख ८२ लाख ७७६ रुपैँया रहेको छ । यसवर्षका खुद नाफा १ करोड १५ लाख ५६ हजार ७ रुपैँया रहेको लेखा समिती सँयोजक रित भुजेलले बताईन् ।

    12.jpg

    उक्त साधारणसभामा कार्यकुशलता तथा असल नेतृत्वशैलीका कारण सँस्थालाई राष्ट्रिय स्तरको उच्च मुल्याङ्कनमा राख्न महत्वपुर्ण भुमिका खेलेको भन्दै सँस्थाका प्रवन्धक शुरेश कोईरालालाई प्रशँसा पत्र सहित सम्मान गरिएको छ । यस्तै उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विधामा सम्मान समेत गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ४, २०८१ शुक्रवार - ०६:३२:५८ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology