शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धार्केमा खानेपानी उपभोक्ता समितीको भेला, यस्ता छन् निर्णय तथा अहिले सम्मको आम्दानी र खर्च

धार्केमा खानेपानी उपभोक्ता समितीको भेला, यस्ता छन् निर्णय तथा अहिले सम्मको आम्दानी र खर्च

आशिष ठकुरी

३, मंसिर २०८१
  • 2.0K
    SHARES
  • धार्केमा खानेपानी उपभोक्ता समितीको भेला, यस्ता छन् निर्णय तथा अहिले सम्मको आम्दानी र खर्च

    धादिङ । चालिसेबजार, धार्केबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितीले खानेपानीको बिल समयमा नतिर्ने उपभोक्तालाई जरिवाना सहित खानेपानीको आपुर्ति बन्द गर्ने लगायतको निर्णय गरेको छ । धुनिवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा बसेको उक्त समितीको भेलाले ३ लाख भन्दा बढि रकम अझै उठ्न बाँकी भएकाले समयमा तिर्न आग्रह गर्दै जरिवाना सहित खानेपानीको आपुर्ति बन्द गर्ने लगायतको निर्णय गरेको हो ।

    images
    images

    भेलाले कर्मचारीको तलब वृद्धी, कर्मचारी दुर्घटना बिमा, ल्यापटप खरिद, सडक विस्तारको क्रममा हुने पानीको समस्यालाई तत्काल समाधान गर्न ठेकेदार कम्पनी सँग आग्रह गर्ने लगायतको निर्णय गरेको छ ।

    यस्तै समितीको भेलाले पुन रामचन्द्र आचार्य नेतृत्वको समितीलाई निरन्तरता दिएको छ । धार्केमा बसेको उक्त समितीको भेलाले खानेपानीको व्यवस्थापन लगायतका काम उत्कृट रहेको र अझै गर्नुपर्ने काम धेरै रहेकाले पुरानो समितीलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

    भेलामा अहिले सम्मको आम्दानी तथा खर्चका विवरण पनि प्रस्तुत गरिएको छ । खानेपानी वितरणका लागि सँरचना निर्माण, आवश्यक सामान खरिद लगायतको कामका लागि धुनिवेशी नगरपालिकाबाट २० लाख ४५ हजार, ८ सय ४७ रुपैँया, डिप बोरिङ, भवन, जाली, भल्व चेम्बर तथा ग्याविन र ट्रान्सफर्मर तथा ३ फेज पोलका लागि खानेपानी तथा सरसफाई डिभिजन धादिङबाट विभिन्न समयमा ६२ लाख ५१ हजार ७ सय ४८ रुपैँया विनियोजन भएको समितीका अध्यक्ष रामचन्द्र आचार्यले बताए । यस्तै पाईप विक्रिबाट ३ लाख ९१ हजार ५०० रुपैँया र उपभोक्ता सदस्य दर्ताबाट २५ लाख ४४ हजार रुपैँया प्राप्त भएको छ । १ करोड १२ लाख ३३ हजार ९५ रुपौया ९२ लाख ३७ हजार १३६ रुपैँया खर्च भएकोमा १९ लाख ९५ हजार ९५९ रुपैँया मर्मत कोषमा जम्मा रहेको अध्यक्ष आचार्यको भनाई छ ।

    यस्तै २०७७ असोज देखी सञ्चालन भएको खानेपानी वितरणको महशुल मार्फत ५१ लाख ९१ हजार ५०५ रुपैँया आम्दानी भएको छ । यसबाट १ लाख ८ हजार २ सय ७२ रुपैँया ब्याज आम्दानी भएको छ । अझै ३ लाख १९ हजार १ सय ७० रुपैँया उठ्न बाँकी रहेको कर्मचारी ईश्वर काफ्लेले भेलामा जानकारी गराएका छन् ।

    यस्तै तलब, विद्युत, स्टेशनरी, घरभाडा, फर्निचर, मर्मत तथा विविध अन्तर्गत ३५ लाख २६ हजार ८८९ रुपैँया खर्च भएकोमा यस अन्तर्गत बाँकी रहेको १७ लाख ७२ हजार ८ सय ८८ रुपैँया रकम नियमित तथा आकस्मिक मर्मत सम्भार लगायतको काममा खर्च हुने समितीले जनाएको छ ।

    अहिले समितीमा २१३ उपभोक्ता रहेपनि २१० उपभोक्ताले नियमित खानेपानीको प्रयोग गरिरहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३, २०८१ सोमवार - २१:४८:१८ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology