शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तसर्पू साना किसान कृषि सहकारीले मनायो १५ औं वार्षिक साधारण सभा

तसर्पू साना किसान कृषि सहकारीले मनायो १५ औं वार्षिक साधारण सभा

शिवराज आचार्य

८, मंसिर २०८१
  • 2.8K
    SHARES
  • तसर्पू साना किसान कृषि सहकारीले मनायो १५ औं वार्षिक साधारण सभा

    तसर्पू । धादिङको थाक्रे ४ मा रहेको तसर्पू साना किसान कृषि सहकारी संस्था लिमिटेडले १५ औँ साधारण सभा मनाएको छ ।

    images
    images

    सहकारीले बार्षिक साधारण सभा मार्फत वार्षिक प्रतिवेदन २०८१ संस्थाका अध्यक्ष राधिकादेवी सापकोटाले प्रस्तुत गर्नु भएको थियो ।

    467810207_1388969105838149_6660943377858010781_n.jpg

    वि.स २०६६ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी १ करोड ४७ लाख ७६ हजार १ सय रुपैयाँ रहेको छ । साधारण जगेडा कोष १ करोड ६६ लाख १९ हजार ९२६ रुपैयाँ,अन्य जगेडा कोषहरु ५४ लाख ९९ हजार ६०७ रुपैयाँ,ऋण लगानीमा समभावित जोखिम कोष ४१ लाख ४३ हजार ३८७ रुपैयाँ, बचत निक्षेप दायित्व ५ करोड १४ लाख २८ हजार ०९३ रुपैयाँ, पुँजिगत अनुदान कोष ३७ लाख ७० हजार २९७ रुपैयाँ,चालु दायित्व तथा भुक्तानी दिनुपर्ने हिसाव ४ लाख ६९ हजार ४८८ रुपैयाँ,दिर्घकालिन तथा अन्य दायित्व हिसाव १९ लाख ४७ हजार २२२ रुपैयाँ, आम्दानी नजनाएको पाउनु पर्ने व्याज ३० लाख ९० हजार २५१ रुपैयाँ रहेको सहकारीको जम्मा करोकार १३ करोड ३९ लाख ४६ हजार ३७५ रुपैयाँ रहेको सहकारीका प्रबन्धक बिरसिंह लामाले जानकारी दिनु भयो ।

    467952658_1388969509171442_1454373044858331233_n.jpg

    संस्थामा अहिले २०६ वटा समुह तथा ८६४ जना शेयर सदस्य रहेका छन्। संस्थाका अध्यक्ष सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा, पृर्व उपाध्यक्ष अम्बिका रुपाखेती, केवलपुर महिला साना किसान कृषि सहकारी संस्था लि।का अध्यक्ष अप्सरा अधिकारी, भूमेस्थान साना किसान कृषि सहकारी संस्था लि। अध्यक्ष कृष्ण बहादुर थापा, साना किसान विकास लघुबित्त बित्तिय संस्था लि गजुरीका प्रबन्धक दिपकराज पाण्डे, विभिन्न सहकारी संस्थाका प्रबन्धक तथा प्रतिनिधी, सहकारीका शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ८, २०८१ शनिवार - १९:३२:५० बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology