आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बैरेनी साना किसान कृषि सहकारी संस्थाको २३औं साधारण सभा सम्पन्न

बैरेनी साना किसान कृषि सहकारी संस्थाको २३औं साधारण सभा सम्पन्न

शिवराज आचार्य

१४, मंसिर २०८१
  • 2.3K
    SHARES
  • बैरेनी साना किसान कृषि सहकारी संस्थाको २३औं साधारण सभा सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका ६ बैरेनीमा रहेको बैरेनी साना किसान कृषि सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारण सभामा अध्यक्ष बद्रि प्रसाद अधिकारीले सहकारीको वार्षिक प्रगती प्रतिवेदन, संस्थाका प्रवन्धक रामजी खतिवडाको प्रतिवेदन, लेखा समिति संयोजक पशुपति धिताल आन्तरीक लेखा प्रतिवेदन पेश गर्नु भएको हो ।

    images

    468697077_1393488545386205_2398909270507715866_n.jpg

    संस्थाका अध्यक्ष बद्रि प्रसाद अधिारीले पेश गर्नुभएको प्रतिवेदनमा सहकारीको माध्यमद्घारा कृषकहरुलाई ब्यवसायिक बनाउने उद्घेश्यले संस्थाले आफ्ना सदस्यहरुलाई ब्यवसायिक बनाउन बिभिन्न तालिमहरु संचालन गर्ने गरेको, किसानहरुको आर्थिक, तथा सामाजिक बिकास गराउन सरकार, सहकारी तथा निजि क्षेत्रको पहलमा विभिन्न कार्यक्रमहरु संचालग गरिरहेको बताउनु भएको छ ।

    बैरेनी सानाकिसान कृषि सहकारी संस्थाका प्रवन्धक रामजी खतिवडाले पेश गर्नुभएको संस्थाको आर्थिक तथा सांगठनिक प्रतिबेदन अनुसार बैरेनी साना किसान कृषि सहकारी संस्था लि. गल्छी ६, धादिङले बिभिन्न निकाय मार्फत थुप्रै अनुदानका कार्यक्रमहरु संचालन गरेको बताउनु भयो । अनुदानका कार्यक्रम मार्फत सदस्यहरुको आय स्तर बृद्धि तथा कृषिमा आधुनिकीकरण गर्न मद्धत पुगेको तथा सदस्यहरुको आय बृद्धिका लागि अनुदानका कार्यक्रमहरु संचालन गर्न संस्था अझै कृयाशिल भएर लाग्ने बताउनु भयो।

    468696445_1393489388719454_4186060246426320199_n.jpg

    बैरेनी सानाकिसान कृषि सहकारीको २३ औं साधारण सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कृषि सहकारी केन्द्रिय संघ लिका अध्यक्ष,साना किसान विकास लघुवित्त वित्तिय संस्था लि.का अध्यक्ष, राष्ट्रिय सहकारी महासँघका उपाध्यक्ष तथा विश्व किसान महासंघका सदस्य खेम बहादुर पाठकले सहकारी कस्तो बनाउने भन्ने जिम्मेवारी र दायित्व सम्वन्धित संस्थाको नेतृत्व र शेयर सदस्यहरुको रहने बताउनु् भएको छ। राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहनुभएका पाठकले सहकारी क्षेत्र सुधार गर्नेहो भने प्रत्येक संस्थाबाट सुधारको सुरुवात गर्न आवश्यक रहेको बताउनुभयो ।

    उहाँले नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.ले आफ्नो सञ्जालमा रहेका सदस्य संस्थाहरुमा सहकारी सुधार अभियान सञ्चालन गरिरहेको बताउनु हुँदै उहाँले बैरेनी सहकारी सुधार अभियानको सकारात्मक प्रभाव अहिले देखिएकाले आआफ्नो स्थानबाट सहयोग गर्न शेयर सदस्यलाई अनुरोध गर्नुभयो ।

    468851974_1393489158719477_2587418182699803751_n.jpg

    कार्यक्रममा बोल्नुहुदै गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडाले बैरेनी साना कसान कृषि सहकारी संस्थासंग गाउँपालिकाले विगतका वर्षहरुमा विभिन्न कार्यक्रममा साझेदारी गरेको र आगामि वर्ष पनि त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।

    बैरेनी सानाकिसान कृषि सहकारी संस्थामा २०८१ असोज मसान्त सम्ममा १६७४ शेयर सदस्य, सहकारीको शेयर पुँजी २ करोड ९ लाख २ हजार ६ सय, लगानीमा रहिरहेको रकम २६ करोड ४८ लाख १९ हजार ६०९ रुपैयाँ रहेको छ भने २०८० असार मसान्त सम्मा सहकारीको खुद नाफा ८६ लाख ९४ हजार ५३० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारीको जम्मा करोकार २९ करोड ३४ लाख २४ हजार ३९ रुपैयाँ रहेको सहकारीका प्रबन्धक रामजी खतिवडाले जानकारी दिनु भयो ।

    468763304_1393488482052878_1712884633769811551_n.jpg

    सहकारीका अध्यक्ष बद्रि प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा नेपाल कृषि सहकारी केन्द्रिय संघ लिका अध्यक्ष,साना किसान विकास लघुवित्त वित्तिय संस्था लि.का अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा विश्व किसान महासंघका सदस्य खेम बहादुर पाठकको प्रमुख आतिथ्यता रहेका थियो । गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाको विशेष आतिथ्यता रहेको साधारण सभामा विभिन्न वडाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

    साधारण सभामा नेपाल कृषि सहकारी केन्द्रिय संघका सदस्य अप्सरा अधिकारी, बागमती प्रदेश कृषि सहकारी संघका अध्यक्ष डिल्ली पाठक, कृषि सहकरी जिल्ला संघ धादिङका रंग थपलिया, साना किसान विकास लघुवित्त वित्तिय संस्था लि शाखा कार्यलय गजुरीका दिपकराज पाण्डे, विभिन्न सहकारीका अध्यक्षह,गल्छी गाउँपालिका कृषि तथा पशु सेवा शाखाका प्रतिनिधि लगायत शेयर सदस्यहरु उपस्थिति रहेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १४, २०८१ शुक्रवार - १९:४०:२० बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology