शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गोगनपानी साना किसान कृषि सहकारीले मनायो २५औं वार्षिक साधारण सभा

गोगनपानी साना किसान कृषि सहकारीले मनायो २५औं वार्षिक साधारण सभा

शिवराज आचार्य

१७, मंसिर २०८१
  • 4.4K
    SHARES
  • गोगनपानी साना किसान कृषि सहकारीले मनायो २५औं वार्षिक साधारण सभा

    सिम्ले,धादिङ । गोगनपानी साना किसान कृषि सहकारी संस्था लिले २५औं वार्षिक साधारण सभा एक कार्यक्रमका वीच मनाएको छ ।

    images
    images

    थाक्रे वडा नम्बर ११ को बेल्टारमा रहेको गोगनपानी साना किसान कृषि सहकारी संस्थाले सोमबार वार्षिक साधारण सभा मनाएको हो । सोमबार सम्पन्न साधारण सभामा अध्यक्ष बद्रि प्रसाद रुपाखेतीले सहकारीको वार्षिक प्रगती प्रतिवेदन, संस्थाका प्रवन्धक सन्जय सुवेदीको प्रतिवेदन तथा लेखा समिति संयोजक माधब प्रसाद खतिवडाले आन्तरीक लेखा प्रतिवेदन पेश गर्नु भएको थियो।

    468758236_1395758291825897_7598471344366329804_n.jpg

    वि.स २०५३ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी १ करोड ६१ लाख ८२ हजार ८ सय रहेको छ । निक्षेप रकम ७ करोड ६७ लाख ४५ हजार ३ सय ४६ रुपैयाँ, कर्जा लगानी १७ करोड ११ लाख २० हजार ५ सय रुपैया, खुद नाफा ७१ लाख ३९ हजार १ सय ७६ रुपैयाँ रहेको सहकारीको जम्मा दायित्य २२ करोड ३ लाख ४ हजार ६ सय ९५ रुपैंया रहेको संस्थाका प्रवन्धक सन्जय सुवेदी जानकारी दिनु भयो ।

    संस्थामा अहिले १७० वटा समुह तथा ८३५ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विदामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष रुपाखेतीले बताउनु भयो ।

    468621676_1395758631825863_325965923848444552_n.jpg

    गोगनपानी साना किसान कृषि सहकारीको २५ औं साधारण सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कृषि सहकारी केन्द्रिय संघ लिका अध्यक्ष खेम बहादुर पाठकले सहकारी कस्तो बनाउने भन्ने जिम्मेवारी र दायित्व सम्वन्धित संस्थाको नेतृत्व र शेयर सदस्यहरुको रहने बताउनु् भएको छ। राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहनुभएका पाठकले सहकारी क्षेत्र सुधार गर्नेहो भने प्रत्येक संस्थाबाट सुधारको सुरुवात गर्न आवश्यक रहेको बताउनुभयो ।

    468897495_1395758625159197_5918475989257119031_n.jpg

    नेपाल कृषि सहकारी केन्द्रिय संघ लिका अध्यक्ष,साना किसान विकास लघुवित्त वित्तिय संस्था लि.का अध्यक्ष, राष्ट्रिय सहकारी महासँघका उपाध्यक्ष तथा विश्व किसान महासंघका सदस्य खेम बहादुर पाठक, गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, नेपाल कृषि सहकारी केन्द्रिय संघका सदस्य अप्सरा अधिकारी,साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. गजुरी शाखाका बरिष्ठ सहायक सूर्य प्रसाद अधिकारी, वडा सदस्यहरु, भूमेस्थान साना किसान कृषि सहकारी संस्था लि. अध्यक्ष कृष्ण बहादुर थापा, तसर्पू साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष राधिकादेवी सापकोटा बैरेनी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बद्रि प्रसाद अधिकारी, कल्लेरी साना किसान कृषि सहकारी संस्थाका पृर्व अध्यक्ष तथा सञ्चालक समिति सदस्य रमेश खतिवडा, विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, सहकारीका शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १७, २०८१ सोमवार - १८:१८:३७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology