आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

दैनिक आत्महत्याका २० र बलात्कारका ७ वटा मुद्दा प्रहरीमा दर्ता

दैनिक आत्महत्याका २० र बलात्कारका ७ वटा मुद्दा प्रहरीमा दर्ता

नागरिक पाटी

४, पौष २०८१
  • 1.8K
    SHARES
  • दैनिक आत्महत्याका २० र बलात्कारका ७ वटा मुद्दा प्रहरीमा दर्ता

    काठमाडौं । नेपाल प्रहरीको तथ्यांकले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी तोकिएका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रहरी प्रधान कार्यालयमा आज सञ्चारकर्मीहरूसँग साक्षात्कार कार्यक्रम आयोजना गर्दै उक्त जानकारी गराएका हुन् ।

    images

    वरिष्ठ उपरीक्षक अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को चार महिनाको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू जानकारी गराउँदै आपराधिक घटनाका दैनिक १६२ वटा मुद्दा दर्ता हुने गरेको जानकारी दिए । ती घटनाहरूमा दैनिक ११७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको उनले बताए ।

    वरिष्ठ उपरीक्षक अधिकारीका अनुसार कर्तव्य ज्यानमा गत वर्षको चार महिनामा १९३ घटना रहेकामा र हाल सोही अवधिमा १९२ घटना भएको छ । संगठित अपराधमा मुद्दा बढेको पाइएको छ । संगठित अपराधमा गत वर्ष पाँच रहेकामा हाल सोही चार महिनाको अवधिमा ३९ वटा मुद्दा दर्ता भएको छ ।

    जबर्जस्ती करणीमा गत वर्षको चार महिनामा आठ सय नौ वटा रहेकामा यस वर्ष ८२३ वटा मुद्दा दर्ता गरिएको वरिष्ठ उपरीक्षक अधिकारीले जानकारी दिए । उनले कर्तव्य ज्यानतर्फ सबैभन्दा बढी कोसी प्रदेशमा २३.९५ र कर्णालीमा जम्मा ६ वटा मुद्दा ३.२५ प्रतिशत दर्ता भएको जानकारी दिए । उनले आत्महत्यामा पनि कोसीमा बढी र कर्णालीमा कम रहेको बताए ।

    जबर्जस्ती करणीमा सबैभन्दा बढी कोसीमा र सबैभन्दा कम गण्डकीमा घटना घटेको जानकारी दिँदै वरिष्ठ उपरीक्षक अधिकारीले करणी उद्योगमा पनि कोसीमा बढी भएको बताए । उनले बैंकिङ कसुरका घटना बढेको र उपत्यकामा मात्रै ५७.७७ प्रतिशत घटना दर्ता भएको जानकारी दिए ।

    प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले अपराधमा वृद्धि भएको तथ्यांकले देखाएको बताए । प्रविधिको बढ्दो दुरूपयोगबाट सिर्जित अपराधहरू चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले विद्यमान स्रोतसाधनको उच्चतम प्रयोग गरी त्यस्ता अपराध नियन्त्रणमा प्रहरी क्रियाशील रहेको बताए । रासस

    images
    images
    images
    प्रकाशित मिति :पौष ४, २०८१ बिहिवार - ०६:१६:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology