आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हेटौँडा अस्पतालको स्वामित्व विवादमा सर्वोच्चद्धारा विपक्षीको नाममा कारण देखाऊ आदेश

हेटौँडा अस्पतालको स्वामित्व विवादमा सर्वोच्चद्धारा विपक्षीको नाममा कारण देखाऊ आदेश

नागरिक पाटी

१०, पौष २०८१
  • 2.2K
    SHARES
  • हेटौँडा अस्पतालको स्वामित्व विवादमा सर्वोच्चद्धारा विपक्षीको नाममा कारण देखाऊ आदेश

    हेटौँडा अस्पतालको स्वामित्व विवादमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश गरेको छ । सर्वोच्चको गत मङ्सिर २६ मा बसेको संवैधानिक इजलासले विपक्षी नेपाल सरकार समेत १२ निकायलाई कारण देखाऊ आदेश गरेको हो ।

    images

    सर्वोच्चले गत पुस ८ गते आदेश अनुसार पत्राचार गर्दै पत्र प्राप्त भएको ७ दिन भित्र उपयुक्त कारण माग गरेको छ । अधिवक्ता केशवप्रसाद गौतमले हेटौँडा अस्पतालको समित्वको विषयलाई लिएर गत भदौ २६ मा सर्वोच्चमा दायर गरेको मुद्दामा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा।मनोजकुमार शर्माको संवैधानिक इजलासबाट विपक्षीको नाममा कारण देखाऊ आदेश गरेको हो ।

    सर्वोच्चले हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बिचको विवाद तथा स्वामित्वको विषयमा के कसो भएको हो रु निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो रु आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सो समेत खुलाई सर्वोच्च अदालत ९संवैधानिक इजलास सञ्चालन० नियमावली, २०७२ को नियम १९ को उपनियम ९१० बमोजिम विपक्षी महान्यायाधिवक्ताको कार्यालय तथा मुख्य न्यायाधिवक्ता बागमती प्रदेश हेटौँडा र अन्य विपक्षीहरूको हकमा आफैँ वा कानुन बमोजिमको आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश गरेको हो ।

    images
    images
    images
    प्रकाशित मिति :पौष १०, २०८१ बुधवार - १८:३५:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology