आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिवेशी युवा समाजले शुक्रबार बागमती प्रदेश लिग खेल्दै

धुनिवेशी युवा समाजले शुक्रबार बागमती प्रदेश लिग खेल्दै

नागरिक पाटी

११, पौष २०८१
  • 2.2K
    SHARES
  • धुनिवेशी युवा समाजले शुक्रबार बागमती प्रदेश लिग खेल्दै

    धादिङ जिल्लाबाट धुनिवेशी युवा समाजले दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा खेल्दै छ। प्रतियोगिताका लागि धुनिवेशीबाट २४ जना खेलाडीले भाग लिएका छन्। खेलाडीहरुलाई आज विहिबार धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले विदाई गर्नु भएको धुनिवेशी युवा समाजका अध्यक्ष दिनेश आचार्यले बताए। धुनिवेशी युवा समाज धादिङको दशौं एन्फा लिग विजेता टोली हो। 

    images

    धुनिवेशी युवा समाजको पहिलो खेल मकवानपुरको पदमपोखरी युथ क्लबसंग भोलि शुक्रबार दिउँसो ३ बजे हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने छ। बागमती प्रदेश फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा बागमती प्रदेशका ९ जिल्लाका फुटबल क्लबको सहभागिता रहेको छ ।  

    images
    images
    images
    प्रकाशित मिति :पौष ११, २०८१ बिहिवार - २१:४७:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology