आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सार्वजनिक गाडीको भाडा बढ्यो

सार्वजनिक गाडीको भाडा बढ्यो

नागरिक पाटी

२३, पौष २०८१
  • 3.2K
    SHARES
  • सार्वजनिक गाडीको भाडा बढ्यो

    काठमाण्डौं । सार्वजनिक गाडीको भाडा बढोको छ ।आजदेखी लागुहुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा बढाएर सूचीसमेत सार्वजनिक गरेको छ।

    images

    यात्रुवाहक गाडीको भाडा तीन दशमलव ३० प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव शून्य पाँच प्रतिशत भाडा बढाएको विभागले जनाएको छ ।

    इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरूको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण हुँदै आएको छ । भाडा निर्धारणका विभिन्न १३ वटा सूचक रहेका छन् ।

    यसपटक इन्धनको भाउमा धेरै तलमाथि नभए पनि सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च बढेकाले भाडा बढाइएको विभागले जनाएको छ ।

    यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, हाककट्टी र सञ्चालन मुनाफालगायतका मुख्य सूचकहरूमा देखिएको मूल्यवृद्धिका आधारमा सार्वजनिक गाडीको भाडा समायोजन गर्न यही पुसको ११ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत सहमति प्राप्त भएको विभागले जनाएको छ ।

     

     

    images
    images
    images
    प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - ०६:२५:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology