आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मुलुकको आर्थिक संकुचनले उद्योग व्यवसायले गति लिन सकेन: कृषिमन्त्री अधिकारी

मुलुकको आर्थिक संकुचनले उद्योग व्यवसायले गति लिन सकेन: कृषिमन्त्री अधिकारी

नागरिक पाटी

२७, पौष २०८१
  • 2.2K
    SHARES
  • मुलुकको आर्थिक संकुचनले उद्योग व्यवसायले गति लिन सकेन: कृषिमन्त्री अधिकारी

    धादिङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले मुलुकको आर्थिक संकुचनका कारण उद्योग व्यवसाय फस्टाउन नसकेको बताएका छन् ।

    images

    धादिङ उद्योग वाणिज्य संघको ११औं अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले विकास निर्माण, उद्योग, कृषि लगायतका क्षेत्रमा धेरै काम गर्नु पर्ने भए पनि आर्थिक संकुचनका कारण नसकिएको बताएका हुन् ।

    कृषि प्रधान देश भनेर चिनिने नेपालमा कृषि क्षेत्रमा आयात गर्नु पर्ने बाध्यता रहेको उनले बताए । ‘अहिले ६२ प्रतिशतमा खुम्चिएको छ । यो कारण किन हो सोच्नुपर्ने अवस्था छ । बाँझो जग्गामा हरियारी बनाउन नसक्दा आयातमा बाँच्नु परेको छ ।

    तीन तहको सरकार छ । तर हामी बाँझो जमिन टुलुटुलु हेरेर बसि रहेका छौं’ उनले भने– ‘बाँझो जग्गालाई हरियाली बनाउन आश्वयक छ । व्यवसायलाई कृषितर्फ लैजाऔं । राज्य त्यो पखेरामा पनि चाहन्छ । हामी त्यो संकल्पका साथ अघि बढेका छौं । व्यवसायी साथीहरुलाई मेरो आग्रह छ । तपाईहरु लाग्नुहोस्, सहयोग गर्न कृषि मन्त्रालय सदैब तत्पर छ ।’

    नेपालको औद्योगिक क्षेत्रको विकासको प्रचुर सम्भावना रहँदारहँदै पनि यस क्षेत्रले रोजगारी, आयआर्जन, गरिवी न्यूनीकरण र निर्यातमा सोचेजति योगदान पुर्याउन नसकेको उनले बताए । ‘६० भन्दा बढी धादिङबेसीका सटर किन बन्द भयो ? यो बुझ्न जरुरी छ’, उनले भने– ‘पहिले कोठा पाइदैन थियो । अहिले धमाधम सटर बन्द हुन थालेका छन् । 

    images
    images
    images
    प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - ०६:१३:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology