आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थाइल्यान्डले जित्यो त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि, नेपाल ६ वटै खेलमा पराजित

थाइल्यान्डले जित्यो त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि, नेपाल ६ वटै खेलमा पराजित

नागरिक पाटी

२६, माघ २०८१
  • 1.6K
    SHARES
  • थाइल्यान्डले जित्यो त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि, नेपाल ६ वटै खेलमा पराजित

    त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि थाइल्यान्डले जितेको छ । आज भएको शृङ्खलाको अन्तिम खेलमा नेपाललाई ७ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर थाइल्यान्डले उपाधि जितेको हो ।

    images

    नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्यान्डले १७ ओभरमा ३ विकेट गुमाएर भेटायो । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनायो । नेपालकी सम्झना खड्काले सबैभन्दा धेरै १७ रन बनाइन् । थाइल्यान्ड ६ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा रह्यो ।

    यस्तै नेदरल्यान्ड्स ६ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा र नेपाल ६ वटै खेल हारेर अङ्कविहीन हुँदै पुछारमा रह्यो । नेपालले थाइल्यान्ड र नेदरल्यान्ड्ससँग ३÷३ पटक हार बेहो¥यो ।

    images
    images
    images
    प्रकाशित मिति :माघ २६, २०८१ शनिवार - ०५:२८:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology