आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

काठमाडौँका यी क्षेत्रमा दुई महिनासम्म अनशन, जुलुस, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध

काठमाडौँका यी क्षेत्रमा दुई महिनासम्म अनशन, जुलुस, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध

नागरिक पाटी

२६, फाल्गुण २०८१
  • 3.2K
    SHARES
  • काठमाडौँका यी क्षेत्रमा दुई महिनासम्म अनशन, जुलुस, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले यहाँका केही स्थानलाई दुई महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ। आइतबारदेखि दुई महिनासम्मका लागि महाराजगन्जस्थित राष्ट्रपतिको कार्यालय शीतलनिवाससहित लैनचौर, सिंहदरबार, बालुवाटार र संसद् भवन रहेको नयाँ बानेश्वर क्षेत्रमा निषेध आदेश जारी गरिएको छ। ती स्थानमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भई अनशन, जुलुस, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो।

    images

    "संविधान एवं प्रचलित कानुनप्रदत्त अधिकारको प्रयोग हुने गरी गरेका विरोधका कार्यक्रमबाट सरकारी, सार्वजनिक एवम् व्यक्तिगत सम्पत्तिमा हानि–नोक्सानी र क्षति भएमा ‘स्थानीय प्रशासन ऐन, २०२८’ तथा ‘सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकनसम्बन्धी कार्यविधि, २०८१’ बमोजिम क्षतिको मूल्यांकन गरी आयोजकबाट नै त्यस्तो क्षतिपूर्तिबापतको रकम असुलउपर गराइने व्यहोरा समेत सम्बन्धित सबैमा स्मरण गराइएको छ," आदेशमा भनिएको छ।

    kathmandu-prasan.jpg

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २६, २०८१ सोमवार - १९:२९:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology