शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चितवनमा गुडिरहेको बसमा अचानक आगलागी

चितवनमा गुडिरहेको बसमा अचानक आगलागी

नागरिक पाटी

२७, बैशाख २०८२
  • 4.0K
    SHARES
  • चितवनमा गुडिरहेको बसमा अचानक आगलागी

    चितवनमा गुडिरहेको बसमा गुडिरहेको बसमा शुक्रबार राति अचानक आगलागी भएर क्षति पुगेको छ । बसमा रहेकाहरू तत्कालै बाहिर निस्केका कारण सकुशल रहेको चितवन प्रहरीले जनाएको छ । शुक्रबार राति पौने ११ बजे रत्ननगर नगरपालिका–१६ कयरखोला नजिक भित्री सडकमा उक्त घटना भएको थियो । आगलागी भएको बा प्र ०६–००१ ख ०१८८ बस पर्साबाट पिठुवा आउँदै गरेको थियो । सूचना प्राप्त हुनासाथ स्थानीय र प्रहरी घटनास्थल पुगेका थिए ।

    images
    images

    खैरहनी नगरपालिकाको दमकले आगलागी पूर्ण नियन्त्रणमा लिएको चितवनका एसपी गोविन्द पुरीले बताए । आगलागीको कारणबारे सोधखोज भइरहेको छ । बसमा यात्रुहरू थिएनन् । चालक तथा बस मालिक चितवन शक्तिखोरका कुलबहादुर रायमाझी लगायत बसका कर्मचारी सकुशल रहेको प्रहरीको भनाइ छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २७, २०८२ शनिवार - ०७:५६:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology