शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनीघाट रोराङ गाउँपालिकाद्धारा ९३ करोड भन्दाबढिको बजेट प्रस्तुत

बेनीघाट रोराङ गाउँपालिकाद्धारा ९३ करोड भन्दाबढिको बजेट प्रस्तुत

शिवराज आचार्य

९, आषाढ २०८२
  • 3.8K
    SHARES
  • बेनीघाट रोराङ गाउँपालिकाद्धारा ९३ करोड भन्दाबढिको बजेट प्रस्तुत

    धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपलिकाको १७ औं गाउँसभाले आर्थिक वर्ष २०८२÷०८३ को नीति,कार्यक्रम र बजेट प्रस्तुत गरेको छ।

    images
    images

    गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले सभा सामु पेस गर्नु भएको नीति तथा कार्यक्रम सभाले पास गरेको हो । नीति तथा कार्यक्रम विभिन्न नारालाई समेटिएको छ । जस्तै ‘आर्थिक समृद्धिको आधार, कृषि तथा पशुपालन क्षेत्र विस्तार’ ’एक वडा एक उत्पादन’ ‘बेनीघाट रोराङको शानः विषादी मुक्त खानपान’‘युवामा लगानी ल्याउँछ विकासको बिहानी’ ‘बेनीघाट रोराङको कर्म जेष्ठ नागरिक सेवामा धर्म’ र ‘एक टोल एक चौतारी–बेनीघाट रोराङको फूलबारी’भन्ने नारालाई नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

    511190605_1561311988603859_7819710324650617858_n.jpg

    आगामी आर्थिक वर्षका लागि पास भएको नीति तथा कार्यक्रममा‘आर्थिक समृद्धिको आधारलाई लिएर बजेट निर्माण गरिने छ । नीति तथा कार्यक्रमले नगदेबाली फलफूल तथा तरकारी खेती प्रबर्धनको कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।

    511152669_1561311851937206_4105047764809063553_n.jpg

    त्यसै गरी गाउँ सभामा उपाध्यक्ष टाप बहादुर श्रेष्ठले ९३ करोड ३० लाख ३१ हजारको आगामि आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेट प्रस्तुत गर्नु भएको छ ।

    पालिकाले सामाजिक समावेशीकरण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा रोजगारी सिर्जनामार्फत समृद्ध गाउँपालिका निर्माणको योजना अघि सारेको जनाएको छ। न्याय र समानताको आधारमा सेवा प्रवाह गर्न, स्थानीय पूर्वाधार बलियो बनाउने, शिक्षा र स्वास्थ्य पहुँच वृद्धि गर्न, वातावरणीय सन्तुलन कायम राख्न तथा युवालाई रोजगारीको अवसर सिर्जना गर्न यो बजेट सक्षम र समावेशी भएको उपाध्यक्ष श्रेष्ठले बताउँनु भयो।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ९, २०८२ सोमवार - २१:३०:०३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology