शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिकाको १७औँ नगरसभाद्धारा ९५ करोड भन्दाबढिको बजेट प्रस्तुत

धुनिवेशी नगरपालिकाको १७औँ नगरसभाद्धारा ९५ करोड भन्दाबढिको बजेट प्रस्तुत

शिवराज आचार्य

१०, आषाढ २०८२
  • 4.0K
    SHARES
  • धुनिवेशी नगरपालिकाको १७औँ नगरसभाद्धारा ९५ करोड भन्दाबढिको बजेट प्रस्तुत

    धादिङ । धादिङको धुनिवेशी नगरपालिकाको नगरसभा तथा १७ औँ अधिवेशन सम्पन्न भएको छ । नगरप्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा भएको नगरसभामा पेश भएका प्रस्तावहरु माथी छलफल सहित पारित भएको हो। १७ औं नगर सभाले आर्थिक वर्ष २०८२÷०८३ को नीति,कार्यक्रम र बजेट प्रस्तुत गरेको छ।

    images
    images

    नगरपालिका प्रमुख बालकृष्ण आचार्यले सभा सामु पेस गर्नु भएको नीति तथा कार्यक्रम सभाले पास गरेको हो । नीति तथा कार्यक्रम विभिन्न नारालाई समेटिएको छ । जस्तै “धुनिवेशी नगरपालिकाको सम्वृद्धिको अधार, शिक्षा,स्वास्थ्य, कृषि,पर्यटन र व्यापार सहितको पृर्वाधार ” कृषि तथा पशुपालन क्षेत्र विस्तार’ ’एक वडा एक उत्पादन’ जेष्ठ नागरिक सेवा जस्ता विषय बस्तु नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ । नीति तथा कार्यक्रमले फलफूल तथा तरकारी खेती प्रबर्धनको कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ।

    11f41862-3309-44c9-9be9-092c0d4ca5a4.jpeg

    त्यसै गरी नगर सभामा नगर उपप्रमुख सुरज उप्रेतीले ९५ करोड २० लाख ८५ हजार ६ सय ८ रुपैयाँको आगामि आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेट प्रस्तुत गर्नु भएको छ ।
    नगरले आर्थिक विकास तर्फ ६ करोड १३ लाख, सामाजिक विकास तर्फ ३१ करोड ७१ लाख ३५ हजार ६ सय ८ रुपैयाँ,पूर्वाधार विकास तर्फ ३८ करोड ४२ लाख ५० हजार, सुशासन तथा अन्तर सम्बन्धित तर्फ १ करोड ५२ लाख र कार्यलय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ १७ करोड ४२ लाख बजेट क्षेत्रगत रुपमा प्रस्तुत गरिएको छ ।

    नगरले सामाजिक समावेशीकरण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा रोजगारी सिर्जनामार्फत समृद्ध नगरपालिका निर्माणको योजना अघि सारेको जनाएको छ। न्याय र समानताको आधारमा सेवा प्रवाह गर्न, स्थानीय पूर्वाधार बलियो बनाउने, शिक्षा र स्वास्थ्य पहुँच वृद्धि गर्न, वातावरणीय सन्तुलन कायम राख्न तथा युवालाई रोजगारीको अवसर सिर्जना गर्न यो बजेट सक्षम र समावेशी भएको नगर उपप्रमुख उपे्रती बताउँनु भयो।

    नगरसभा तथा १७ औँ अधिवेशन कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १०, २०८२ मंगलवार - २०:४२:५३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology