शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको थाक्रे गाँउपालिकाद्धारा ९३ करोड भन्दाबढिको बजेट प्रस्तुत

धादिङको थाक्रे गाँउपालिकाद्धारा ९३ करोड भन्दाबढिको बजेट प्रस्तुत

शिवराज आचार्य

१०, आषाढ २०८२
  • 4.7K
    SHARES
  • धादिङको थाक्रे गाँउपालिकाद्धारा ९३ करोड भन्दाबढिको बजेट प्रस्तुत

    धादिङको थाक्रे गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ९३ करोड १२ लाख बढिको बजेट प्रस्तुत गरेको छ । मँगलबार पालिकाकै सभाहलमा भएको गाउँसभाको १७ औँ अधिवेशनमा आर्थिक वर्ष २०८२÷०८३ का लागि ९३ करोड १२ लाख ४५ हजार रुपैँयाको अनुमानित बजेट प्रस्तुत गरिएको हो ।

    images
    images

    510397395_1491097935626551_4272899019780239146_n.jpg

    जसमा संघिय सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान १४ करोड ८२ लाख,संघिय राजस्व बाँडफाँडबाट ८ करोड ९० लाख,संघिय विशेष अनुदानबाट ८५ लाख र सर्शत अनुदान २३ करोेड ५९ लाख गरी जम्मा ४८ करोड ९६ लाख  ४८ हजार १ सय ३५ रुपैयाँ प्राप्त भएको छ ।

    512674501_1491097892293222_525801206654483020_n.jpg

    यता बागमती प्रदेश सरकारबाट प्राप्त वित्तिय अनुदान रकम १ करोड ६२ लाख ३६ हजार, प्रदेश राजस्व बाँडफाँड ३ करोड ५३ लाख ५० हजार १८९ सय, प्रदेश विशेष अनुदानबाट ६५ लाख,प्रदेश समपुरक अनुदानबाट २ करोड २४ लाख  र प्रदेश सर्शत अनुदान ३ करोड ९९ लाख ४० हजार गरी जम्मा १२ करोड ४ लाख १६ हजार १८९ रुपैयाँ प्राप्त भएको छ ।

    511722174_1491098102293201_2127027530346324387_n.jpg

    पालिकाले आन्तरिक आयतर्फ ३२ करोड ११ लाख ८० हजार ६७६ रुपैयाँ रहने अनुमान गरेको छ । पालिकाले चालु खर्चतर्फ कुल बजेटको ४९ प्रतिशतले हुन आउने ४५ करोड ६३ लाख १० हजार ५० रुपैँया र पुँजीगततर्फ कुल बजेटको ५१ प्रतिशत हुन आउने ४७ करोड ४९ लाख ३४ हजार ९ सय ५० रुपैँया विनियोजन गरेको छ ।

     

    अधिवेशनमा उपाध्यक्ष यन्त्र बहादुर थापाले प्रस्तुत गर्नुभएको बजेटमा आर्थिक विकासतर्फ ११ करोड ९५ लाख ३२ हजार,समाजिक विकासतर्फ ३१ करोड ७६ लाख १४ हजार,पुर्वाधार विकासतर्फ २५ करोड ११ लाख ५२ हजार,कार्यालय तथा प्रशासनतर्फ १८ करोड ७६ लाख ४७ हजार सु्शासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ५ करोड ५३ लाख विनियोजन गरिएको छ ।

    510619682_1491103575625987_3285913545767920417_n.jpg

    अधिवेशनमा बजेट प्रस्तुत भएपनि पारित अर्को बैठकमा गरिने गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले  बताउनुभयो । बजेट प्रस्तुत हुनु भन्दा अघि गाउँपालिका अध्यक्ष आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । निती तथा कार्यक्रम भने सभा मार्फत पारित गरिएको छ ।

    गाउँ सभा तथा १७ औँ अधिवेशन कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १०, २०८२ मंगलवार - २२:२९:०८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology