आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित

श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित

नागरिक पाटी

३२, आषाढ २०८२
  • 3.5K
    SHARES
  • श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित

    २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको आफ्नो तेस्रो खेलमा नेपालले श्रीलङ्कालाई हराएको छ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा ठूलो वर्षाका कारण निर्धारित समयभन्दा १ घन्टा ढिलो शुरू भएको खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलले हरायो ।

    images

    नेपालका लागि मीना देउवाले ह्याट्रिक गोल गरिन् । यस्तै पुर्णिमा राईले दुई, समिक्षा मगर र सरिताकुमारी नाथले समान एक गोल गरे । यो जीतसँगै नेपालको तीन खेलमा ६ अङ्क भएको छ । जीतविहीन बनेको श्रीलङ्काले अङ्क जोड्न सकेको छैन । तीन खेलमा ९ अङ्क जोडेको घरेलु टोली बङ्गलादेश तालिकाको शीर्ष स्थानमा छ । दुई खेलमा ३ अङ्कसहित भूटान तेश्रो स्थानमा छ ।

    हिजै भएको पहिलो खेलमा बङ्गलादेशले भूटानलाई ४–१ गोलले हरायो । लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । नेपालले अब भोलि श्रीलङ्कासँग, साउन ३ गते भूटानसँग र साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३२, २०८२ बुधवार - ०७:२७:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology