आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

उपत्यकाका तीनै जिल्लामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा

उपत्यकाका तीनै जिल्लामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा

नागरिक पाटी

२६, भाद्र २०८२
  • 4.3K
    SHARES
  • उपत्यकाका तीनै जिल्लामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा

    नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी राखेको छ । बिहीबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा कायम गरिएको सेनाले जनाएको छ । अत्यावश्यक कामका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न पाइने समय तोकिएको नेपाली सेनाले जनाएको छ ।

    images

    बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु कायमै रहेको नेपाली सेनाले जनाएको छ । निषेधाज्ञा तथा कर्फ्युको समयमा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधन सञ्चालन गर्न पाइनेछ ।

    विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत कर्मचारीले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सक्नेछन् सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २६, २०८२ बिहिवार - ०८:०७:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology