आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एन्फाको बेथितिविरुद्ध शान्तिपूर्ण धर्ना

एन्फाको बेथितिविरुद्ध शान्तिपूर्ण धर्ना

नागरिक पाटी

२६, आश्विन २०८२
  • 3.0K
    SHARES
  • एन्फाको बेथितिविरुद्ध शान्तिपूर्ण धर्ना

    एन्फाको बेथितिविरुद्ध शान्तिपूर्ण धर्नाअखिल नेपाल फुटबल संघ (एन्फा)को गेटअगाडि युवाले शान्तिपूर्ण धर्ना दिएका छन् । नेपाली फुटबलमा केही वर्षयता देखिएका बेथितिविरुद्ध युवाहरूको एक समूहले धर्ना दिएको हो ।

    images

    एन्फामा क्लबसँगको खिचातानी चर्को हुँदा सहिद स्मारक ‘ए’ डिभिजन लिग नभएको ८५० दिनभन्दा धेरै भइसकेको छ ।फुटबल विकासको मेरुदण्ड मानिने शीर्ष डिभिजन लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजिम्मेवारीविरुद्ध आज फुटबलका स्वतन्त्र समर्थकले धर्ना दिएका हुन् ।यस्तै, एन्फा नेतृत्वले खास चासो नदिँदा नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यताप्राप्त दशरथ रंगशालाले पनि एएफसीबाट मान्यता गुमाएको छ ।

    जसका कारण एएफसी एसियन कप छनोट तेस्रो चरणका ‘होम’ खेल पनि नेपालले विपक्षी टिमकै मैदानमा खेलिरहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०८२ आइतवार - १२:१२:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology