आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा भारतीय नम्बर प्लेटको ट्रकबाट २१९ केजी गाँजा बरामद

धादिङमा भारतीय नम्बर प्लेटको ट्रकबाट २१९ केजी गाँजा बरामद

नागरिक पाटी

२६, आश्विन २०८२
  • 3.9K
    SHARES
  • धादिङमा भारतीय नम्बर प्लेटको ट्रकबाट २१९ केजी गाँजा बरामद

    धादिङ । भारतीय नम्बर प्लेटको मिनी ट्रकबाट २१९ केजी गाँजा बरामद भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ खटौतीस्थित गोर्खाली होटल अगाडि पार्किङ गरी राखेको बीआर ०१ जीबी ८६५३ को नम्बरको मिनी ट्रकबाट २१९ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

    images

    प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा जोगिमाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा बरामद भएको हो ।

    ट्रकको क्याबिन पछाडिको ढालामा फल्स बटन बनाएर रातो प्लास्टिकले बेरेको अवस्थामा ३० पोकामा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । ट्रकसँगै २ जना मानिसलाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०८२ आइतवार - १९:२१:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology