आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

टी-२० विश्वकप छनोट अन्तर्गत सुपर सिक्समा नेपालले ओमानसँग खेल्दै

टी-२० विश्वकप छनोट अन्तर्गत सुपर सिक्समा नेपालले ओमानसँग खेल्दै

नागरिक पाटी

२९, आश्विन २०८२
  • 3.7K
    SHARES
  • टी-२० विश्वकप छनोट अन्तर्गत सुपर सिक्समा नेपालले ओमानसँग खेल्दै

    नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा आज ओमानसँग खेल्दै छ । खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ ।

    images

    छनोटमा हालसम्म अपराजित रहेका नेपाल र ओमान दुवै विश्वकपको नजिक पुगिसकेका छन् । आजको खेलको विजेता टोली विश्वकपमा छनोट हुनेछ । नेपालले आइतबार यूएईलाई तथा सोमबार कतारलाई हराएको थियो । ओमानले पनि आइतबार कतार र सोमबार यूएईलाई हरायो ।

    नेपालले छनोट सुरु हुनुअघिको वार्म अप खेलमा पनि ओमानसँग खेलेको थियो जहाँ ६ विकेटले विजयी भएको थियो । टी-२०आई क्रिकेटमा यी दुई टोली हालसम्म ८ पटक भिडेका छन् । जहाँ नेपालले ५ खेल जित्दा ओमानले एक सुपर ओभरसहित ३ खेल जितेको छ । नेपालले यसपछि शुक्रबार सामोआसँग खेल्नेछ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २९, २०८२ बुधवार - ०९:५१:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology