आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अज्ञात व्यक्तिको गोली प्रहारबाट पुजारीको मृत्यु

अज्ञात व्यक्तिको गोली प्रहारबाट पुजारीको मृत्यु

नागरिक पाटी

२, कार्तिक २०८२
  • 3.8K
    SHARES
  • अज्ञात व्यक्तिको गोली प्रहारबाट पुजारीको मृत्यु

    सप्तरीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना मन्दिरका पुजारीको मृत्यु भएको छ । शनिबार राति जिल्लाको बोदेबर्साईन नगरपालिका– ८ रजकपट्टी कबिर बाबा मन्दिरको पुजारी सोही ठाउँ घर भएका ७० वर्षीय रामदुलार साहको गोली प्रहारबाट मृत्यु भएको हो ।

    images

    आफ्नो कुट्टीमा एकलै बस्दै आउनुभएका पुजारी साह शनिबार राति करिब २ः१५ बजे कुट्टी अगाडि रहेको बाटोमा अज्ञात व्यक्तिले चलाएको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिनुभयो ।

    साहको ढाडको पछाडीबाट गोली हान्दा नाईटोको साईडमा एउटा वटा प्वाल भई घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।

    घटनास्थलमा दुई थान खोका फेला परेको छ । गोली हान्ने व्यक्ति तत्काल फरार रहेको र पहिचान समेत नखुलेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २, २०८२ आइतवार - ०७:५०:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology