आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रकृति संरक्षणमा ९ हजार सेना परिचालन

प्रकृति संरक्षणमा ९ हजार सेना परिचालन

नागरिक पाटी

८, कार्तिक २०८२
  • 2.8K
    SHARES
  • प्रकृति संरक्षणमा ९ हजार सेना परिचालन

    नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु अरक्षण र एक शिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ ।

    images

    नेपाल सरकारद्वारा घोषित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र चुरे क्षेत्र संरक्षणमा सेनाका नौ हजार ४६ जना जनशक्ति खटिँदै आएको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिनुभयो ।

    नेपाली सेनाका आठ वटा गण, दुई वटा वन तथा पर्यावरण सुरक्षा गण र सात वटा अनाश्रित गुल्मलाई संरक्षणको जिम्मेवारी तोकिएको छ । चालू आर्थिक वर्षमा विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणबाट ४२ नाल हतियार, एक हजार ९७६ जाल पासो, एक हजार ९६५ घरेलु औजार, ३३५ वटा गाडी र १६ वटा ओखोटोपहार बरामद गरेको उहाँले जानकारी दिनुभयो ।

    नेपाली सेनाबाट भएको सुदृढ सुरक्षा तथा संरक्षण कार्यबाट पछिल्लो १५ वर्षयता बाघ तथा गैँडाको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । पछिल्लो गणना अनुसार नेपालमा बाघको सङ्ख्या ३५५ र गैँडाको सङ्ख्या ७५२ रहेको छ । यसअघि सन् २००९ मा भएको जनगणनामा बाघको सङ्ख्या १२१ र सन् २००५ को गणनामा गैँडाको सङ्ख्या ४०० रहेको थियो ।

    यी उपलब्धि हासिल गर्ने क्रममा वन्यजन्तुको आक्रमण र अन्य कारणबाट ११६ जना सैनिक व्यक्तिले आफनो जीवन गुमाएका सेनाले जनाएको छ ।

    नेपाली सेनाले नेपालका सुन्दर हिमालको सौन्दर्य कायम राख्न पछिल्लो दशकमा वार्षिक रूपमा हिमाल सफाइ अभियान पनि सञ्चालन गर्दै आएको छ । रासस

     

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ८, २०८२ शनिवार - १९:१३:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology